नयाँ भेरियन्टसहित दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्र बनिरहेका बेला काठमाडौँ महाबौद्धस्थित द्रव्यलाभ बचत तथा ऋण सहकारी संस्थाले सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिकालाई शुक्रबार रु तीन लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कोरोना सङ्क्रमण तीव्ररूपमा विस्तार भइरहेका बेला सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय सेवाभावले गाउँपालिकाका वडा नं २ का वडा सदस्य राजन राउतलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष भक्तबहादुर पराजुलीले जानकारी दिए।
विपन्न थामी तथा गुरुङहरुक...