गण्डकीमा डायलासिस सेवा लिन पालो कुर्नु नपर्ने

१३ वैशाख, पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवा लिन अब पालो कुरिरहनु नपर्ने भएको छ । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सचिव डा विनोदविन्दु शर्माले प्रदेशमा डायलाइसिस सेवा लिन पर्खिरहेका सेवाग्राहीको संख्या शून्यमा झरेको जानकारी …

सम्बन्धित सामग्री

डायलाइसिस गर्न पालो कुर्नुपर्ने बाध्यता हट्यो

तनहुँको सदरमुकाम दमौलीमास्थित दमौली अस्पतालमा मिर्गौला खराब भएका बिरामीलाई डायलासिस सेवा लिन अब पालो कुर्नु नपर्ने भएको छ। दमौली अस्पतालले तीन वटा नयाँ उपकरण पाएपछि प्रतीक्षा सूचिमा रहेका सबैले सेवा पाएका छन् ।

बिपी प्रतिष्ठानमा १८ वर्षपछि डायलासिस मेशिन सञ्चालन

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डायलासिस कक्ष सञ्चालनमा आएको छ । प्रतिष्ठानमा यसअघि रहेका ८ शय्याको कक्षलाई विस्तार गरी बिहीवारदेखि २० शय्याको डायलासिस कक्ष सञ्चालनमा ल्याइएको हो । अस्पतालमा हालै आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले उक्त कक्षको उद्घाटन गरे । उपकुलपति गिरीले २० शय्यासहितको डायलासिस युनिट सञ्चालनमा आएपश्चात् पूर्वी भेगका मिर्गौलाका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । पूर्वी नेपालको सबैभन्दा ठूलो र उत्कृष्ट अस्पतालका रूपमा रहेको प्रतिष्ठानमा यसअघि डायलासिस गर्ने मेसिनको कमी हुँदा बिरामीले सास्ती बेहोर्दै आएका थिए । २० शय्यामा उपचार कक्ष सञ्चालनमा आएपछि बिरामीले सहज रूपमा सेवा पाउने अवस्था बनेको प्रतिष्ठानका प्रवक्ता चूणामणि पोखरेलको भनाइ छ । अहिले प्रतिष्ठानमा दैनिक करीब १२० बिरामीले नियमित डायलासिस गर्दै आएका छन् । यसअघि रहेका आठ मेशिनले प्रतिष्ठानमा आएका बिरामीलाई सेवा दिन नसक्दा करीब ५० जनाले डायलासिस सेवा लिन सकेका थिएनन् । प्रतिष्ठानमा डायलासिस सेवा शुरू भएको २३ वर्ष भइसकेको छ । सन् १९९९ मा तत्कालीन उपकुलपति डा. शेखर कोइरालाको कार्यकालमा प्रतिष्ठानमा डायलासिस सेवा शुरू भएको थियो । दुई शय्याबाट शुरू गरिएको उक्त सेवा अपुग भएपछि त्यसबेला मेडिसिन विभागका डा. सञ्जीवकुमार शर्माले सोही अस्पतालबाट आफैले घर बसेर गर्ने सीएपीडी प्रविधिको डायलासिस सेवाको शुरुआत गरेका थिए । सन् २००२ देखि प्रतिष्ठानमा शुरू भएको यो विधि ५ वर्षसम्म अरू कुनै अस्तालमा हुन सकेको थिएन । सन् २००४ मा डा. शर्माकै पहलमा बेलायतस्थित रोयल लण्डन अस्पतालबाट ११ थान डायलासिस मेशिन ल्याइएपछि अस्पतालको मेडिकल विभागअन्तर्गत डायलासिस युनिटको स्थापना गरिएको थियो । रासस

धौलागिरि अस्पतालमा डायलासिस सेवा विस्तार

म्याग्दी । धौलागिरि अस्पतालले प्रदान गर्दै आएको डायलासिस सेवा विस्तार गरिएको छ । यसका लागि गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई थान डायलासिस मेशिन (डाइलोजर)अस्पताललाई पठाएको थियो । चार शय्यामा सञ्चालमा आएको सो सेवा अब ६ शøयामा प्रदान गरिनेछ । अस्पतालमा डायलासिस गर्ने बिरामीको चाप उच्च भएपछि सेवा थप गरिएको धौलागिरि अस्पतालले बताएको छ । डायलासिस सञ्चालनका लागि जनशक्तिको अभाव भइरहेको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिए । ‘गण्डकी प्रदेश सरकालाई हामीले मन्त्रालयमै पुगेर अस्पतालको समस्या र तत्काल आवश्यक उपकरण पठाउन आग्रह गरेका थियौं, स्वास्थ्य मन्त्रालयले दुईओटा डायलासिस मेशिन पठाएको छ,’ उनले भने । २०७५ वैशाखदेखि अस्पतालमा शुरू भएको अस्पतालको डायलासिस कक्ष विस्तार नहुँदा १८ जनासम्म बिरामीले पालो कुर्नुपरेको अवस्था थियो । यसलाई सम्बोधन गर्न उपकरण थप भएको र बिरामीलाई राहत मिलेको स्वास्थ्यकर्मी दीपिका गौतमले जानकारी दिए । ‘डायलासिस कक्षका लागि छुट्टै जनशक्ति नहुँदा केही समस्या छ, आवश्यक पर्दा अन्य मेडिकल डाक्टर सहयोग गर्न आउनुहुन्छ,’ उनले भने, ‘अहिले नियमित रूपमा १८ बिरामीले नियमित सेवा पाइरहेका छन्, कसैको हप्तामा दुईपटक र कसैको तीन पटकसम्म बिरामीको अवस्था हेरेर डायलासिस गर्नुपर्ने हुन्छ ।’ चार शøयाको डाइलासिस कक्ष हुँदा दैनिक आठजनाले डायलासिस गर्दै आएकामा अब न्यूनतम १५ ले दैनिक सेवा लिन सक्ने बताइएको छ । अस्पतालमा डायलासिस हुँदा आफूलाई निकै सहज भएकोे पर्वत जलजला गाउँपालिकाका दिलबहादुर खत्री बताए । दुवै मिर्गाैला फेल भएपछि प्रत्यारोपण नगरुञ्जेल बिरामीलाई नियमित डायलासिस गर्न आवश्यक हुन्छ । आर्थिक हैसियत भएका बिरामीले मिर्गौला प्रत्यारोपण गर्ने भए पनि प्रत्यारोपण गर्न नसक्नेले जीवनभर नियमित डायलासिस गर्नुपर्ने बताइएको छ । रासस

पर्वत अस्पतालमा डायलासिस सेवा सुरु

पर्वत : पर्वत अस्पतालमा डायलासिस सेवा सुरु भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार सेवा सुरु गरेका हुन्। सेवा सुरु भएसँगै पर्वतका मिर्गौलासम्बन्धी बिरामी डायलासिस गराउन पोखरालगायत अन्य सहरमा रहेको अस्पताल जानुपर्ने बाध्यता अन्त्य भएको छ। पर्वत अस्पतालमा दैनिक नौजनाले सेवा लिन सक्नेछन्। डायलसिस सेवा स...

राप्तीमा डायलासिस सेवा सुरु - Naya Patrika

दाङको तुल्सीपुरस्थित राप्ती अञ्चल अस्पतालमा मिर्गौलापीडितका लागि डायलासिस सेवा सुरु भएको छ । उपकरण आएको लामो समयपछि गत आइतबारदेखि सुरु भएको डायलासिस सेवा लिन बिरामीको भिड लागेको छ । सरकारले...पूरा पढ्नुहोस् »