सङ्घीय निजामती ऐन अगाडि बढ्छ : मन्त्री पौडेल

कास्की । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संसद्मा रोकिएको सङ्घीय निजामती ऐन अगाडि बढ्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को शुभेच्छुक संस्था नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ गण्डकी प्रदेशको दोस्रो भेलालाई आज पोखरामा उद्घाटन गर्दै उनले ठूलो मेहेनतबाट तयार गरिएको निजामती ऐन विभिन्न कारणले संसद्मा अड्किएको भए पनि अब अगाडि बढाइने बताए । […]

सम्बन्धित सामग्री

चालु आवभित्रै निजामती ऐन ल्याउने गृहकार्य

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले चालु आर्थिक वर्ष २०८०/८१ भित्रै सङ्घीय निजामती ऐन ल्याउने प्रयास भइरहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले आइतबार आयोजना गरेको अन्तर्क्रियामा मन्त्री जोशीले सङ्घीय निजामती ऐन नभएका कारण काम गर्न समस्या भएकाले यसै वर्षभित्र ऐन ल्याउन आफूले पहल गरिरहेको बताउनुभएको हो । सङ्घीय निजामती ऐन नआएसम्म मन्त्रालयले प्रदेश र स्थानीय तहका कर्मचारी चलाउन सक्ने अवस्था नरहेको र कतिपय काम गर्न समस्या रहेको महसुस गरी संसद्मा विधेयक प्रस्तुत भए पनि दफावार छलफलको समय सर्दै आएको जानकारी दिनुभयो ।

सङ्घीय निजामती ऐन छिट्टै ‘क्याबिनेट’मा जान्छ : मन्त्री मोदी

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय प्रशासनलाई बलियो बनाउन सरकारले सङ्घीय निजामती ऐन संसद्मा पेस गर्ने बताएका छन्। ‘सरोकारवालासँग छलफल गरेर ऐनको मस्यौदा तयार गरिएको छ। आजै नभए अर्को दिनको ‘क्याबिनेट’मा जान्छ,’ उनले भने। प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजिएसपी) ले आज यहाँ आयोजना गरेको ‘अन्तर सरकार सम्बन्ध सुदृढीकरणमा सञ्चार जगतकाे भूमिका’ विषयक अन्तरक्रियामा उनले ऐनले प्रशासनिक सङ्घीयता कार्यान्वयन

सङ्घीय निजामती ऐन छिट्टै संसदमा पेश गर्छौंः मन्त्री शर्मा

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सङ्घीय निजामती सेवा ऐन छिट्टै संसदमा पेश गर्ने तयारीमा रहेको बताएका छन्। सोमबार बसेको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०६७/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्याङ्कन प्रतिवेदन २०७९ माथिको छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री शर्माले सो कुरा बताएकी हुन्।

‘समावेशी समानुपातिकताका आधारमा सङ्घीय निजामती ऐन आउँछ’

काठमाडाैं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग विभिन्न तीन आयोगका अध्यक्षले संयुक्तरुपमा भेट गरेका छन् । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आज मन्त्रालयमा मन्त्री मोदीसँग भेट गर्नुभएको हो । भेटका क्रममा आयोगका अध्यक्षले सरकारले ल्याउन लागेको सङ्घीय निजामती ऐनको सन्दर्भमा […]

सङ्घीय निजामती ऐन छिट्टै

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले दरबन्दी अनुसार कर्मचारी खटाउने कार्यलाई तीव्रता दिएको बताउनुभएको छ । उहाँले राजनीतिक पहुँचका आधारमा कर्मचारी सिंहदरबार वरिपरि रहने प्रवृत्तिको अन्त्य गर्दै दरबन्दी अनुसार खटाइएको स्पष्ट पार्नुभयो । समायोजन तथा सरुवा भएका कर्मचारीबाहेकलाई फिर्ता पठाउने काम भइरहेको उहाँले बताउनुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा मङ्गलबार आयोजित अन्तरसरकार सम्बन्ध सुदृढीकरणमा आमसञ्चारको भूमिका विषयक अन्तर्क्रियामा मन्त्री मोदीले भन्नुभयो, “काठमाडौँमा अखडा बनाएर बसेका कर्मचारीलाई बाहिर पठाएका छौँ । ३७५ स्थानीय तह निमित्तका भरमा थिए । अहिले १४२ मा झारिएको छ । असारमा सरुवा गर्न समस्या भयो । अब गति दिने छौँ ।”

सङ्घीय निजामती ऐन मन्त्रिपरिषद् बैठकमा पेस हुँदै

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सङ्घीय निजामती ऐन आगामी मन्त्रिपरिषद्को बैठकमा पेस हुने बताउनुभएको छ । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

चाँडै सङ्घीय निजामती ऐन आउँछ:मन्त्री पण्डित

बनियानी । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सङ्घीय निजामती ऐन चाँडै आउने बताएका छन् ।      झापाको अर्जुनधारामा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले एक महिना अघिदेखि मन्त्रिपरिषद्मा निजामती ऐनका विषयमा ...

सङ्घीय निजामती ऐन छिट्टै संसदमा पेस गर्छौँ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सङ्घीय निजामती सेवा ऐन छिट्टै संसदमा पेस गर्ने तयारीमा रहेको बताउनुभएको छ ।

सङ्घीय निजामती ऐन छिट्टै

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पदभार ग्रहण गरेर काम थाल्नुभएको दुई महिना नाघेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको मधुमास अवधि चलिरहेकै छ । सरकार र मातहतका मन्त्रालयको कार्यसम्पादनको पूर्ण मूल्याङ्कन अहिले हतारो हुन्छ । यही दुई महिनाको बीचमा मन्त्री मोदीले केही दूरगामी महत्वका निर्णय र कार्यसम्पादन गर्नुभएको छ, जसको यहाँ चर्चा गरिएको छ ।

सङ्घीय निजामती ऐन यही अविधेशनमा टेबुल हुन्छ : मन्त्री मोदी

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी थारुले सङ्घीय निजामती ऐन यही अविधेशनबाट टेबुल हुने बताउनुभएको छ । जनकपुरधाममा शनिबार आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती मधेश प्रदेशको दोस्रो अधिवेशनमा उहाँले यस्तो बताउनुभएको हो ।