‘मादल’ चिन्हमा धाँधली गरेको भन्दै आयोग र न्यायालयमाथि कारवाही गर्न माग

काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचन आयोगका मुख्यमुख्य पदाधिकारी र न्यायालयमाथि कारवाही गर्न सरकारसँग माग गरेका छन्।मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा आफ्ना पार्टीका उम्मेदवारले उजुरी दिँदा पनि निर्वाचन चिन्ह मादल नदिएको उल्लेख गर्दै निर्वाचन आयोग र न्यायालयमाथि कारवाही गर्न सरकारकाे ध्यानाकर्षण गराएका हुन्।यस खालको गतिविधिमा संलग्न निर्वाचन आयोगका पदाधिकारी र न्यायालयलाई प्रजातन्त्रको रक्षाका लागि पनि कारवा