काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना र बायर्न म्युनिखले सहज जित निकालेका छन् । यस्तै, लिभरपुल भने नापोलीसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले चेक गणतन्त्रको भिक्टोरिया प्लेजेनलाई ५–१ ले हराएको हो । बार्सिलोनाको जितमा पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे । अर्को खेलमा जर्मनीको बायर्न म्युनिखले इटालीको इन्टर मिलानलाई २–० […]