सल्यानमा बँदेलको आक्रमणबाट बालक घाइते

सल्यान : सिद्धकुमाख गाउँपालिका बँदेलको आक्रमणबाट ११ वर्षीय बालक घाइते भएका छन्। सिद्धकुमाख–५ दहका ११ वर्षीय मोहन विक घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बुधबार बारीमा बाख्रा चराइरहेका उनलाई एक्कासी बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए। उनको ढाड, र दाहिने हातमा चोट लागेको छ। उनको उपचार सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ। पछिल्लो समय बँदेल बस्तीमा पसेर अन्नबालीमा क्षति पुर्‍य