काठमाडाैं : बिरामीले अक्सिजन लिएर आए मात्र उपचार गर्ने भन्ने समाचार आएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसप्रति ध्यानाकर्षण भएको जनाएको छ।आज एक सूचना निकालेर मन्त्रालयले यस्तो कार्य कुनै पनि अस्पतालले गरेको भए कानुनअनुसार कारबाही गर्ने जनाएको छ।
मन्त्रालयले आइएमयुमार्फत देशभरका अस्पतालमा अक्सिजन उपलब्ध गराइरहेको भन्दै अस्पतालमा पुगेका सिलिण्डर अस्पतालको आपूर्ति प्रणालीमा स्वतः जाने बताएको छ। जसका कारण सम्बन्धित व्यक्तिलाई उपलब्ध नगराउन अस्पताललाई मन्त्रालयले भनेको छ।