काठमाडौं । अभिनेता राजेश हमाल इसेवा मनी ट्रान्सफर र लुलु एक्सचेन्जको निम्तोमा शुक्रबार यूएई प्रस्थान गर्दैछन् । उनले त्यहाँ रहेका लुलु एक्सचेन्जका विभिन्न शाखा कार्यालयमा आउने सेवाग्राही र नेपाली कर्मचारीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । दुबईको बर दुबई र जेबेल अली सपर्स मल शाखा, अबुधाबीस्थित मदिनत जायेद शाखा र साबिया शाखामा अभिनेता हमाल पुग्नेछन् । […]