घर घरमै गएर नि:शुल्क व्यक्तिगत घटना दर्ता गर्दै रेसुंगा नगरपालिका

गुल्मी : जिल्लाको रेसुंगा नगरपालिकाले घर घरमै गएर व्यक्तिगत घटना दर्ता गर्ने अभियान चलाएको छ।नगरपालिकाले यस आर्थिक वर्षमा लिएको नीति तथा कार्यक्रम अनुसार घर घरमै गएर व्यक्तिगत घटना दर्ता गर्ने कार्यक्रमलाई अभियानकै रुपमा चलाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए।अहिलेको समयमा सेवाग्राही सेवा लिन कार्यालयमा धाउने भन्दा पनि सेवाप्रदायक संस्था वा कार्यालय जनताको घरदैलोमै गई सेवा प्रदान गर्नुपर्छ भन्ने मान्यताका साथ व्यक्तिगत घटना दर्ता घर घरमै गई गर्ने अभियान सं