काराबाओ कप : लिभरपुल र आर्सनलबीचको खेल स्थगित

काठमाण्डाै - काराबाओ कप फुटबल अन्तर्गत लिभरपुल र आर्सनलबीचको खेल स्थगित भएको छ । कोभिड–१९ सङ्क्रमणको कारण लिभरपुल र आर्सनलबीचको सेमिफाइनलको पहिलो लेग खेल स्थगित भएको हो । पहिलो लेग आज राति आर्सनलको मैदानमा हुने तय थियो । तर, लिभरपुलका खेलाडीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि खेल स्थगित भएको इङ्ग्लिस फुटबल लिग (ईएफएल) ले जनाएको छ । पछिल्लोपटक सहायक प्रशिक्षक पेप लिन्डर्सलाई कोरोना पुष्टि भएपछि लिभरपुलले खेल स्थगित गर्न आग्रह गरेको थियो । अब पहिलो लेग जनवरी १३ मा एनफिल्डमा तथा दोस्रो लेग जनवरी २० मा इ...

सम्बन्धित सामग्री

काराबाओ कप : लिभरपुल र सिटी चौथो चरणमा भिड्दै

प्रिमियर लिग क्लब लिभरपुल र म्यान्चेस्टर सिटी काराबाओ कप फुटबलको चौथो चरणमा भिड्ने भएका छन् । इङ्ल्यान्डले एफएले शुक्रबार सार्वजनिक गरेको चौंथो चरणको ‘ड्र’ मा सिटीले लिभरपुललाई प्रतिद्धन्दी पाएको हो ।आठ पटकको च्याम्पियन म्यानचेस्टर सिटीले चौथो चरणमा लिभरपुलको सामना गर्ने भएको छ । यता लेस्टर एमके ले डोन्ससँग खेल्दा म्यानचेस्टर युनाइटेडले बर्नलीसँग खेल्नेछ ।त्यस्तै न्युकासलले बर्नेमाउथसँग खेल्दा ब्राइटनले चार्लसँग खेल्नेछ । यस्तै साउथह्याम्पटनले लिन्कोल सिटीलाई प्रतिद्धन्दी पाएको छ भने

लिभरपुल काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश

बुधबार राति भएको खेलमा डर्बी काउन्टीलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले हराउँदै लिभरपुलले अर्को चरणमा स्थान बनाएको हो।...

काराबाओ कप : लिभरपुलले नवौँ पटक उपाधि जित्यो, चेल्सी पेनाल्टी सुटआउटमा पराजित

काठमाण्डाै - लिभरपुलले नवौँ पटक काराबाओ कप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गरेसँगै लिभरपुलले कीर्तिमानी जित निकालेको हो । चेल्सीलाई पेनाल्टी सुटआउटमा ११–१० गोल अन्तरले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको हो । पेनाल्टीमा चेल्सीका केपा एरिजाबालगा गोल गर्न चुकेपछि जित लिभरपुलको पक्षमा गएको हो ।  तस्बिर : द गार्जियन

लिभरपुललाई किर्तीमानी ९ औं पटक काराबाओ कप फुटबलको उपाधि

काठमाडौं । लिभरपुलले किर्तीमानी नवौं पटक काराबाओ कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गएराति वेम्बले रंगशालामा भएको फाइनल खेलमा चेल्सीलई पेनाल्टी सुट आउटमा हराउँदै लिभरपुलले उपाधि जितेको हो । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा गोल नभएपछि टाई ब्रेकरबाट छिनोफानो गरिएको हो । टाइ ब्रेकरमा लिभरपुल १० को विरुद्ध ११ गोलले […]

काराबाओ कपको उपाधी लिभरपुललाई

चिरप्रतिद्वन्दी चेल्सीलाई पराजित गत्दै लिभरपुलले काराबाओ कप फुटबलको उपाधि जितेको छ । आइतबार राति  वेम्बली मैदानमा   भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ११-१० गोल अन्तरले हराउँदै लिभरपुल नवौं पटक च्याम्पियन भएको हो ।  निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयमा कुनै गोल ननिस्किएपछी खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको हो ।पेनाल्टीमा लिभरपुलका जेम्स मिल्नर, फाबिन्हो, भिर्जिल भान डाइक, ट्रेण्ड आर्नोल्ड, मोहमद सलाह, डिएगो जोटा, डिभोक ओरिगी, एन्डी रोबर्टसन, हार्भे इलियोट, इब्र

चेल्सी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश

इङ्लिस क्लब चेल्सी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको सेमिफाइनल खेलमा चेल्सीले टोटेनह्याममाथि सहज जित दर्ता गर्दै फाइनलमा स्थान बनाएको हो।पहिलो लेग २–० गोलले जितिसकेको चेल्सीले दोस्रो लेगमा टोटेनह्यामविरुद्ध आरामदायी खेल खेलेको थियो। टोटेनह्याम स्टेडियममा भएको खेलको १८ औँ मिनेटमा मासोन माउन्टको पासमा एन्टिनियो रुडिगरले गोल गरे । यही निर्णायक गोलसँगै चेल्सीले वेम्बली स्टेडियमको टिकट काटेको छ।चेल्सीले उपाधिका लागि लिभरपुल र आर्सनलबीचको विजेता टोलीसँग जनवरी २१ मा प्रत

काराबाओ कप स्थगित गर्न लिभरपुलको आग्रह

लिभरपुल– इंग्लिस क्लब लिभरपुलले काराबाओ कपअन्तर्गत आर्सनलविरुद्धको पहिलो लेगको सेमिफाइनल तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ । आफ्ना धेरै खेलाडी, अफिसियल तथा कर्मचारीमा कोभिड–१९ संक्रमण भएपछि लिभरपुलले इंग्लिस फुटबल लिग (इएफएल) लाई आग्रह गरेको हो । आर्सनल र लिभरपुलको खेल बिहीबार राति आर्सनल होम मैदान इमिरेट्स स्टेडियममा हुँदैछ । लिभरपुलले मंगलबारबाटै पहिलो टोलीको प्रशिक्षण […]

लिभरपुलको रोमान्चक जित

काठमाडौं, ८ पुस । काराबाओ कप फुटबलमा लिभरपुलले रोमान्चक जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा लेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै लिभरपुल अन्तिम चारमा पुगेको हो । खेलको निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । लिभरपुलले सेमिफाइनलमा आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ ।

लिभरपुल काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश

लिभरपुल काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । लिग वान क्लब मिल्टन केएनेस डोन्सलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुल चौथो चरणमा पुगेको हो । मिल्टनको मैदानमा लिभरपुलकाे जितमा जेम्स मिल्नर र कि जना होएभरले एक–एक गोल गरे । खेलको ४१ औं मिनेटमा मिल्नरकाे गाेलमा लिभरपुलले अग्रता बनायाे । उनले क्लवका लागि...