प्रहरीमा थपिँदै एआईजी, तीन दरबन्दीको ओएण्डएम स्वीकृतसँगै बिहीबारको मन्त्रिपरिषदमा पेस हुँदै

काठमाडौँ । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तीन वटा दरबन्दी थप हुने भएको छ । गृह मन्त्रालयले एआईजी(विशिष्ट श्रेणी)को तीन वटा दरबन्दी थपका लागि सङ्गठन संरचना तथा व्यवस्थापन सर्भे(ओएण्डएम) तयार गरेसँगै सो दरबन्दी थपिन लागेको हो । ‘ओएण्डएम तयार भएको छ’, गृहका एक उच्च अधिकारीले भने, ‘सम्भवतः बिहीबारको क्याबिनेटमा पेस भएसँगै सोही दिन निर्णय […]

सम्बन्धित सामग्री

सचिवको दरबन्दी कटौती नगर्न सहसचिवहरूको दबाब

१५ फागुन, काठमाडौं । सहसचिवहरुको दबाबका कारण मन्त्रालयहरु सचिवको दरबन्दी कटौती गर्न नसक्ने अवस्थामा पुगेका छन् । निकट भविष्यमै सचिवमा बढुवा हुने हिसाब लगाएर बसेका सहसचिवले मन्त्रालयहरुको संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेका क्रममा सचिवको दरबन्दी कटौती नगर्न दबाब दिएका हुन् । अहिले सबै मन्त्रालय र संवैधानिक निकायहरुले आफ्नो ओएण्डएम सर्वे गरिरहेका छन् । तर मन्त्रालयमा […]

ह्वावेको ‘इन्टलीजेन्ट र्यान’ वायरलेस आर्किटेक्चर जारी

ह्वावेले आफ्नो नयाँ वायरलेस नेटवर्क आर्किटेक्चर ‘इन्टलीजेन्ट र्यान’ को अनावरण गरेको छ ।। यो आर्किटेक्चर क्यारीयरहरूलाई सेवा सञ्चालन इन्टेलिजेन्स, एक्स्पेरियन्स अप्टिमाइजेसन र सिम्पलिफाइड ओएण्डएम प्रयोग गरेर अटोनोमस नेटवर्कहरू निर्माणको लागि मद्दत गर्न डिजाइन गरिएको हो । यसले नेटवर्कहरूलाई शून्य सर्भिस वेटिङ्ग, निरन्तर अनुभव, शून्य नेटवर्क त्रुटि र अप्टिमल अनुभव र ऊर्जा इफिसियन्सी बनाउने ह्वावेका उपाध्यक्ष र वायरलेस सोलुसन्सका प्रमुख मार्केटिङ अफिसर गान बिनले बताए ।दिगो विकास प्र

प्रदेशका कर्मचारीको किताबखानामा दर्ता हुने व्यवस्था मिलाउन आग्रह

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन (सिबिए) सुर्खेतले प्रदेश सरकारका कर्मचारीको राष्ट्रिय किताबखानामा दर्ता हुने व्यवस्था मिलाउन आग्रह गरेको छ । सिबिएले आज कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई ध्यानाकर्षणपत्र बुझाउँदै नयाँ बन्ने सङ्गठन तथा व्यवस्थापन (ओएण्डएम) मा किताबखाना दर्ता हुने व्यवस्था मिलाउन आग्रह गरेको हो । हाल प्रदेशको ओएण्डएममा प्रदेश सरकारका कर्मचारीको निजामती राष्ट्रिय किताबखानामा दर्ता हुने व्यवस्था छैन । जसले गर्दा कर्मचारीको अभिलेख, सेवा सुविधामा अन्योल देखिएको छ

प्रहरीमा ३ एआईजी थप्ने प्रस्ताव मन्त्रिपरिषदमा

नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ३ वटा दरबन्दी थप्न प्रस्ताव गरिएको छ । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) समितिले ओएण्डएम गरेर सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको छ ।सो प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेमा प्रहरीमा एआईजीको संख्या ८ पुग्नेछ । अहिले प्रहरीमा ५ जना एआईजी छन् । मन्त्रिपरिषद्मा पेश गरिएको संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग, प्रदेश समन्वय विभाग र केन्द्

प्रहरीका ३ एआईजीको दरबन्दी थप, सिंह, सुवेदी र पन्त एआईजी सिफारिस हुँदै

३ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले ३ जना एआईजीको दरबन्दी थप गरेको बालुवाटार स्रोतले लोकान्तरलाई बतायो । केहि दिन अगाडि प्रहरी प्रधान कार्यालयले संगठन सर्वेक्षण (ओएण्डएम) गरेर गृहमन्त्रालय मार्फत मन्त्रिपरिषद् पठाएको थियो । मन्त्रिपरिषद्ले ओएण्डएम स्वीकृती गरेसँगै अर्थ मन्त्रालयले सहमती दिएपछि निर्णय भएको हो । यससँगै केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख डीआईजी धीरजप्रताप सिंह, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी उत्तम सुवेदी र अख्तियार दुरुपयोग आयोग अनुसन्धा...

नेपाल प्रहरीमा तीन एआईजी थप्‍ने तयारी

काठमाडौं : सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने तयारी गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले तीन जना एआईजीको दरबन्दी थप गर्न सङ्गठन संरचना तथा व्यवस्थापन सर्भे (ओएण्डएम) गरेर गृह मन्त्रालयमा प्रस्ताव पठाएको थियो। प्रहरी प्रधान कार्यालयको प्रस्तावलाई अध्यायन गरेर गृह मन्त्रालयले एआईजी थप गर्ने प्रस्ताव…

सशस्त्रमा एक जना एआईजी थप्ने तयारी, आफूअनुकूललाई बनाउन आईजीपीको दौडधुप

सशस्त्र प्रहरी बल नेपालमा एक जना अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप्ने तयारी गरिएको छ ।  नेपाल प्रहरीमा ३ जना एआईजी थप हुने पक्कापक्की भएपछि सशस्त्र प्रहरीले पनि एक जना एआईजी थप गर्न संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएण्डएम) गरेर गृह मन्त्रालय पठाएको छ ।  गृह मन्त्रालय स्रोतका अनुसार अर्थ मन्त्रालयमा स्वीकृतिका लागि फाइल पुगेको छ ।  पछिल्लो समयमा आउट बोर्डर पोष्ट (बीओपी) को संख्या थप भएसँगै त्यसलाई हेर्ने छुट्टै विभागको आवश्यकता भएको भन्दै कार्य तथा सीमा विभागको नेतृत्व एआईजीले गर्नुपर्ने ओएण्डएमले औंल्य...

दर्जन बढी सहसचिवको सरुवा सच्याइँदै

काठमाडौँ । केही सहसचिवहरूको सरुवा सच्याइने भएको छ । दुई साता अघि सरुवा गरिएका ८५ जना सहसचिवहरूको सूचीमा समावेश दर्जन बढी सहसचिवहरूको सरुवा बिग्रेकोले सो सच्याउन लागिएको सिंहदरवार उच्च स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।  सम्बन्धित समाचार : ८५ सहसचिवको सरुवा नामावलीसहित ‘कतिपय ओएण्डएम नै नभएको ठाउँमा पनि पोस्टिङ पर्न गएको रहेछ’ ती स्रोतले भने, […]

इञ्जिनीयरिङ सेवा समूहका संरचनालाई यथास्थितिमा राख्न अन्तरिम आदेश

उच्च अदालत सुर्खेतले इन्जिनियरिङ सेवा समूहका संरचनालाई यथास्थितिमा राख्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय चन्द्रबहादुर सारु र पुनम सिंह चन्दको संयुक्त इजलासले प्रदेश सरकारले लागू गरेको सङ्गठन संरचना तथा व्यवस्थापन (ओएण्डएम) कार्यान्वयन नगर्न आदेश दिएको हो । कर्णाली प्रदेश सरकारले २०७६ भदौ ६ गते तथा २०७८ साउन २९ गते नयाँ ओएण्डएम लागू गरेको थियो । उक्त संरचनाअनुसार आफूहरुको वृत्ति विकासमा असर पुगेको भन्दै इन्जिनीयरिङ समूहका कर्मचारीले उक्त निर्णय खारेजीको माग गर्दै अदालतमा रिट दायर...

प्रहरीमा राजनीतिक हस्तक्षेप : मोतीलालदेखि विश्वराजसम्म

१७ मंसिर, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ‘नेपाल प्रहरी तथा प्रदेश प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन (ओएण्डएम) २०७७ लाई स्वीकृत गर्ने निर्णय गरेको पत्र ३ मंसिरमा गृह मन्त्रालय पुगेपछि सार्वजनिक भयो । ओएण्डएम प्रतिवेदन …