करीब १०० अंक घटेर नेप्से २८२०.४१ विन्दुमा, ८ अर्ब ८८ करोड बराबरको शेयर खरीदविक्री

माघ १०, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ९९ दशलमव ८६ अंक अर्थात् ३ दशमलव ४२ प्रतिशतले घटेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ८२० दशमलव ६५ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२८ ओटा धितोपत्रको १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता शेयर १ लाख १३ हजार २०५ पटकमा रू. ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७७ दशमलव ५७ मा खरीदविक्री भएको छ ।  कारोबारमा आएका ती धितोपत्रहरु मध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा  १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । विन लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ५ दशमलव ५० र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य रू. ३८२ दशमलव ३४ पुगेको छ ।  यो दिन सबैभन्दा बढी कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य ७ दशमलव ८२ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४४० दशमलव ६० मा झरेको हो । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा नोक्सानीमा गएको वित्तीय विवरण सार्वजनिक गरेसँगै शेयरमा खरीदकर्ताभन्दा विक्रेता हावी हुँदा शेयरमूल्य घटेको हो । त्यसैगरी दोस्रोमा माउण्टेन हाइड्रो नेपाल लिमिटेडको शेयरमूल्य ७ दशमलव ७१ प्रतिशतले घटेर प्रतिकित्ता रू. ४८५ मा झरेको छ ।  त्यस्तै यो दिन सर्वाधिक शेयर खरीदविक्री अपि पावर कम्पनीको भएको छ । यो दिन उक्त कम्पनीको रू. ३८ करोड ३४ लाख २४ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५२३ कायम भएको छ । त्यसैगरी दोस्रोमा एनआईसी एशिया बैंकको रू. ३६ करोड ७३ लाख ६४ हजार बराबरको शेयर खरीदविक्री भएको छ । सोमवार कारोबारमा आएका १३ ओटा समूहकै परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको छ । सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक ४ दशमलव ५ प्रतिशतले घटेको छ । त्यसैगरी बैंकिङ समूहको परिसूचक २ दशमलव ८८ प्रतिशत,व्यापार समूहको ३ दशमलव ६८ प्रतिशत,होटल एण्ड टुरिजम समूहको ३ दशमलव ३४ प्रतिशत,हाइड्रोपावर समूहको ४ दशमलव ४५ प्रतिशतले घटेको छ ।  यसैगरी यो दिन वित्त समूहको ४ दशमलव ३ प्रतिशत,निर्जीवन बीमा समुहको ३ दशमलव ७८ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको ३ दशमलव २३ प्रतिशत,अन्य समूहको ३ दशमलव ७६ प्रतिशत,लघुवित्त समूहको ३ दशमलव २८ प्रतिशत,जीवन बीमा समूहको ३ दशमलव ३७ प्रतिशत,म्युचुअल फण्ड समूहको २ दशमलव १९ प्रतिशत र लगानी समूहको परिसूचक ३ दशमलव ३७ प्रतिशत घटेको छ ।    यो दिन नेप्से परिसूचक घटे पनि  कारोबार रकममा भने  अघिल्लो दिनको तुलनामा बढेको पाइएको छ । यो दिनको कारोबारमा कारोबारीहरु हावी भएका छन् ।

सम्बन्धित सामग्री

मुलुक कृषिमा परनिर्भर : किसानको साढे ८ अर्ब रोकियो

काठमाडौं । सरकारले उत्पादन बढाउन कृषि आत्मनिर्भर कार्यक्रमका लागि प्रदेश तथा स्थानीय तहमार्फत खर्च गर्ने गरी विनियोजन गरेको साढे ८ अर्ब रूपैयाँरोक्का गरेको छ । मुलुकभित्र कृषि उत्पादन नभएर खर्बौं रूपैयाँको कृषिजन्यवस्तु विदेशबाट आयात भइरहेका बेला किसानका लागि पठाएको ८ अर्ब ४५ करोड ७० लाख रूपैयाँ रकम अर्थ मन्त्रालयले रोक्का गरेको हो । लक्ष्यअनुसारराजस्व संकलन […]

विश्वको जनसंख्या ८ अर्ब नाघ्यो

काठमाडौं : आज विश्वको जनसंख्या ८ अर्ब पुगेको छ। ७ अर्ब जनसंख्या पुगेको ११ वर्षमा विश्वको जनसंख्या ८ अर्ब पुगेको संयुक्त राष्ट्र संघले जनाएको छ।२० औँ शताब्दीमा विश्वव्यापी रूपमा देखा परेका विभिन्न संकटका कारण अब अर्को एक अर्ब जनसंख्या थपिन भने १५ वर्ष लाग्न सक्ने राष्ट्रसंघको अनुमान छ। राष्ट्र संघले यसपछि सन् २०८० सम्म पनि विश्वको जनसंख्या १० अर्ब पुग्न नसक्ने अनुमान गरेको छ।विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश चीन हो। त्यहाँ करिब १ अर्ब ४४ करोड जनसंख्या छ। यस्तै भारतमा १ अर्ब ३८ करोडभन्द

विश्वको जनसंख्या ८ अर्ब पुग्यो

एजेन्सी । विश्वको जनसंख्या ८ अर्ब पुगेको एक तथ्यांकले देखाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार विश्वको जनसंख्या नोभेम्बर १५ अर्थात् आजसम्म ८ अर्ब पुगेको हो । ११ वर्षमै विश्वको जनसंख्या एक अर्ब थप भएको हो। २० औं शताब्दीको मध्यपछि विश्वको जनसंख्या तीव्र गतिमा बढेकोमा अहिले भने वृद्धिदर सुस्त हुँदै गएको तथ्यांकमा उल्लेख छ । संयुक्त […]

८ अर्ब पुग्यो विश्वको जनसंख्या

मंगलबार अर्थात् आज विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । एक रिपोर्टमा जनाइए अनुसार विश्वको जनसंख्या ७ अर्बबाट ८ अर्ब पुग्न १२ वर्ष लागेको छ । सन् २०३७ मा पृथ्वीको जनसंख्या ९ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ ।

८ अर्ब नाघ्यो विश्वको जनसंख्या

विश्वको जनसंख्या ८ अर्ब पुगेको छ। संयुक्त राष्ट्रसंघका अनुसार विश्वको जनसंख्या नोभेम्बर १५ अर्थात मंगलबार ८ अर्ब पुगेको हो। ११ वर्षमै विश्वको जनसंख्या एक अर्ब थप भएको हो। २० औँ शताब्दीको मध्यपछि विश्वको जनसंख्या तीव्र गतिमा बढेको थियो, तर अहिले वृद्धिदर सुस्त भएको छ। संयुक्त राष्ट्रसंघको आँकलनअनुसार विश्वको जनसंख्या ९ अर्ब पुग्नका लागि अबको १५ […]

नोभेम्बरमा विश्वको जनसंख्या ८ अर्ब पुग्ने

आगामी नोभेम्बर १५ मा विश्वको जनसंख्या ८ अर्ब पुग्ने संयुक्त राष्ट्र संघले बताएको छ।

सरकारले निगमलाई ८ अर्ब रुपैयाँ दिने

काठमाडौँ । सरकारले नेपाल आयल निगमलाई तत्काल ८ अर्ब रुपैयाँ दिने भएको छ । भ्याट र कर गरी ५ अर्ब र राष्ट्रिय वाणिज्य बैङ्कमार्फत ३ अर्ब ऋण गरी ८ अर्ब रुपैयाँ निगमले पाउने भएको हो । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थ मन्त्रालयले निगमलाई ८ अर्ब रुपैयाँ दिन लागेको बताए । उनले भने, ‘५ अर्ब भ्याट […]

स्थानी तह निर्वाचनका लागि ८ अर्ब सुनिश्चित

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले अर्थ मन्त्रालयले आयोगलाई स्रोत सुनिश्चितताको पत्र पठाएको जानकारी दिए । आयोगले स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ९५ करोड बजेटको व्यवस्था मिलाईदिन आग्रह गरेकोथियो । यो […]

आयोगले माग्यो ८ अर्ब ९५ करोड

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी बजेट माग गरेको छ । आयोगले २०७९ वैशाख ३० गर्ने हुन लागिरहेको स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपैयाँ माग गरेको हो ।आयोगले बिहीवार गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै अयोगका सहायक प्रवक्ता सूर्य […]

वन क्षेत्रका लागि थप ८ अर्ब माग

वन तथा वातावरण मन्त्रालयले थप ८ अर्ब ३५ करोड बजेट माग गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरेको छ ।अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/०८९ मा वन तथा वातावरण क्षेत्रका लागि तोकिएको बजेट सिलिङ पर्याप्त नभएको भन्दै थप ८ अर्ब ३५ करोड बजेट प्रस्ताव गरिएको हो । मन्त्रालयका प्रवक्ता प्रकाश लम्सालले आगामी आर्थिक वर्षका लागि छुइएको […]