महजोडीको फिल्म ‘महापुरुष’मा गौरी मल्ल पनि, वैशाख दोस्रो सातादेखि छायांकन

काठमाडौं । अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहने फिल्म ‘महापुरुष’ निर्माणको औपचारिक घोषणा भएको छ । निर्माताले सामाजिक सञ्जालबाट शीर्षक र कलाकार सार्वजनिक गरेका हुन् । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहने फिल्मलाई सामाजिक विषयवस्तुमा आधारित रहेर बनाउन लागिएको जनाइएको छ । ‘सन्तुलनमा बसिरहेको समाजलाई असन्तुलित बनाउन खोज्नेको कथा हो,’ निर्देशक भट्टराईले […]