लमजुङको भलामचौर गाउँ : प्राकृतिक सौन्दर्यलाई हेरि अघाउँदैन मन, थाक्दैनन् आँखा

लमजुङ – ‘मुसुक्क’ मुस्कुराउने हिमाल । बयली खेल्दै बगिरहने मर्स्याङ्दी नदी । हिमाल र नदीको काखापोल्टामै छ, प्रकृतिले फुर्सदमा सिँगोरे झैँ लाग्ने लमजुङको भलामचौर गाउँ । भलामचौरको सौन्दर्यलाई हेरेर यहाँ पुग्नेको मन अघाउँदैन, आँखा थाक्दैनन् ।त्यही भलामचौर पुग्ने धोको थियो सुमन गिरीलाई पनि । उहाँ पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख हुनुहुन्छ । फुर्सद र बिदाको समय मिलाएर भलामचौरको प्राकृतिक, सांस्कृतिक सौन्दर्यलाई नजिकैबाट नियाल्न केही दिनअघि उहाँसाथीभाइका साथ भलामचौर पुग्नुभएको थियो ।गाउँ पुग्ने बित्तिक्कै...