कविता: कविको बयान

कविता: कविको बयान जतिबेला मेरो कल्पनाको महासागरमा उठे शब्दका लाखौं ज्वारभाटाहरु  हो त्यतिबेला मैले बदमासी गरेकै हो अन्जानमा होइन जानीजानी हो बिना छलकपट हो,लुकेर हैन खुलेआम हो   सत्उद्देश्यले हो सहिसलामत हो चोरेकै हो मैले लुटेकै  हो मलाई माया गर्ने र सम्मान गर्ने मेरा प्रिय पाठकहरूको  हजारौं घन्टा समय चोरेको हो मैले निद्रा, तीर्खा र भोक लुटेकै हो मैले लुट्नै पर्थ्यो, चोर्नै पर्थ्यो  नत्र म नरहन सक्ने कविको रुपमा जीवित  मैले चोरी गरें आफू बाँच्न  मैले लुटेकै हो डाका ...