गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण

सर्लाही । गोल्छा अर्गनाइजेशन अन्तर्गतको भूदेव खाद्य उद्योग प्रालिले लालबन्दी नगरपालिकासँगको सहकार्यमा गरिब तथा विपन्न समुदायलाई कम्बल वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार भूदेव खाद्य उद्योग प्रालिले लालबन्दी नगरपालिका वडा नम्बर ९ का गरिब तथा विपन्न परिवारलाई एक–एक थान कम्बल वितरण गरेको हो ।सो अवसरमा लालबन्दी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष गोपालप्रसाद घिमिरले विगतमा पनि भूदेव खाद्य उद्योगका तर्फबाट यस प्रकारको सहयोग प्रदान हुँदै आएको चर्चा गर्दै आगामी दिनमा पनि यस क्षेत्रक