स्वास्थ्य क्षेत्रका मुद्दामा प्रधानन्यायाधीश पराजुलीको ट्रयाक रेकर्ड

प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्खास्तगी माग गर्दै डा. गोविन्द केसी अनसन बसेको दुई घन्टामै सर्वोच्च अदालतले पक्रने आदेश गर्‍यो। सोमबार दिउँसो अनसन बस्नुअघि डा. केसीले जारी गरेको विज्ञप्ति र समाचारका आधारमा सर्वोच्चका एक शाखा अधिकृतले प्रतिवेदन बनाएका थिए। त्यसको दुई घन्टामै प्रधानन्यायाधीश पराजुलीले न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलास तोके। प्रतिवेदनको पक्षमा बहस गर्न पूर्व महान्यायाधीवक्तासमेत रहेका वरिष्ठ…