अस्पतालको बिल तिर्न डेढ लाखसम्मको क्रेडिट सुविधा सहित मेगा बैंकले ल्यायो ‘मेगा मेडि कार्ड’

काठमाडौं, २० असार । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले ‘मेगा मेडि कार्ड’ नामक आकर्षक सुविधा ल्याएको छ । ग्राहकहरू बिरामी हुँदा तत्कालै रकम जुटाउन अफ्ट्यारोमा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ल्याइएको यो सुविधा मार्फत मेगा बैंक नेपाल लिमिटेडका क्रेडिट कार्ड सुविधा उपभोग गरिरहेका ग्राहकहरुले न्यूनतम् २० हजार देखि १ लाख ५० हजार रुपैंया सम्म क्रेडिट कार्ड (इन्स्टा–बाई) सुविधा १८ महिनासम्मको लागि उपभोग