सुदूरपश्चिम : काँग्रेसमा दलको नेता छान्न आज निर्वाचन, २५ हजार उम्मेदवारी शुल्क

धनगढी : नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता छनोटका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। बुधवार सुदूरपश्चिम प्रदेश संसदीय दल नेताको नेता छनोट गर्न बनाइएको समितिले निर्वाचन कार्य तालिका सार्वजनिक गरेको हो।उक्त कार्य तालिकाअनुसार आजै मनोनयन दर्ता गर्ने र निर्वाचनमार्फत दलको नेता छनोट गर्ने तयारी छ। कार्यतालिका अनुसार दिउँसो १२ बजेसम्म मतदाता नामावली प्रकाशन गर्ने भएको छ।१२:३० सम्म दाबी विरोध, १ बजे अन्तिम नामावली तयार गर्ने र २:३० सम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएक