काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनै पर्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र मोरङ -६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका वार्ड नं-४ का स्थानीय नेताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको बताए । ‘संविधान बचाउने र मुलुकलाई सक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो’, कोइरालाले […]
रिलायन्स स्पीनिङ मिल्स लिमिटेडको शेयर बुक विल्डिङ्ग प्रक्रियाबाट निष्काशन गर्ने क्रममा भएका काम कारवाहीको निष्पक्ष छानविन गर्न नेपाल धितोपत्र बोर्डले तीन सदस्यीय समिति गठन गरेको छ। बोर्डको मिति २०८२/०९/०४ गतेको निर्णयअनुसार बोर्ड सदस्य श्री बिनोद कुमार भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा बोर्ड सदस्यहरू श्री आनन्द राज शर्मा वाग्ले र श्री पिताम्बर भण्डारी सदस्य […]
एजेन्सी– युरोपेली सङ्घ (इयु) का नेताहरूले युक्रेनलाई आगामी दुई वर्षसम्म सैन्य तथा आर्थिक आवश्यकताहरू पूरा गर्न ९० अर्ब युरो बराबरको ब्याज–मुक्त ऋण उपलब्ध गराउने सहमति जनाएका छन् । यद्यपि, कोष जुटाउन फ्रिज गरिएको रुसी सम्पत्तिहरू प्रयोग गर्ने योजनामा बेल्जियमसँगको मतभेद समाधान हुन सकेको छैन । लगभग चार वर्षदेखि जारी युद्धका कारण युक्रेनको अर्थतन्त्र अत्यन्तै दबाबमा […]
काठमाडौँ। अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले ग्रिन कार्ड लट्री (डीभी लट्री) रोक्का गरेका छन्। अमेरिकाको ब्राउन युनिभर्सिटी तथा एमआईटीमा भएको गोली प्रहारको घटनापछि राष्ट्रपति ट्रम्पले यस्तो निर्णय गरेका हुन्। डीभी लट्रीमार्फत अमेरिकामा स्थायी बसोबासमा जाने प्रक्रियामा प्रत्येक वर्ष हजारौँ नेपाली सहभागी हुँदै आएका छन्। अमेरिकाको आन्तरिक सुरक्षा मन्त्री (होमल्यान्ड सेक्युरिटी सेक्रेटरी) क्रिस्टी नोमले ट्रम्पको निर्देशनपछि आफूले […]
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्ग स्थित प्रहरी वृत्तलाई १० थान ‘ब्यारिकेड’ हस्तान्तरण गरेको छ । संघका अध्यक्ष डा. बद्री केसीले शुक्रबार दरबारमार्गमा आयोजित एक कार्यक्रममा वृत्तका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीलाई हस्तान्तरण गरेका हुन् । गत भदौ २३–२४ को जेन-जी आन्दोलनका क्रममा उक्त प्रहरी वृत्तमा पनि क्षति पुगेको थियो । कार्यक्रममा […]