भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दो अवस्थामा

  साउन २९, नयाँदिल्ली  । भारतमा कोरोनाभाइरसबाट संक्रमित भएका सक्रिय संक्रमितहरुको संख्या घट्दै गएको छ ।             सरकारी अधिकारीहरुले शुक्रवार बिहान दिएको जानकारीअनुसार भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको कुल संख्या ३ लाख ८५ हजार २२७ मा झरेको छ ।             सक्रिय संक्रमितहरुको यो संख्या गत वर्ष सन् २०२० को मार्चपछिकै सबैभन्दा कम भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।  भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार २९५ जना कोरोनभाइरसबाट संक्रमणमुक्त भएका छन् । दैनिक रुपमा संक्रमणमुक्त भएकाहरुको संंख्या बढ्दै गएकाले सक्रिय संक्रमितहरुको संख्या कम हुँदै गएको हो ।             अहिले भारतमा कुल संक्रमितमध्ये १ दशमलव २ प्रतिशत संक्रमितहरु मात्रै सक्रिय संक्रमित अवस्थामा रहेका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।             भारतमा पछिल्लो एक दिनमा ४२ हजारभन्दा बढी  संक्रमणमुक्त भएकै बेला अरू ४० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुका अनुसार सोही अवधिमा ४० हजार १२० जना नयाँ संक्रमितहरु थपिएका हुन् ।             भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट ३ करोड २१ लाख १७ हजार ८२६ जना संक्रमित भएको पाइएको छ । तीमध्ये ४ लाख ३० हजार २५४ जनाको मृत्यु भएको छ । कुल मृतकमध्ये ५८५ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।             देशभरि अहिलेसम्म ५२ करोड ९५ लाख ८२ हजार ९५६ मात्रा कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । तीमध्ये ५७ लाख ३१ हजार ५७४ खोप पछिल्लो २४ घण्टामा प्रयोग भएको हो ।रासस/ एएनआई

सम्बन्धित सामग्री

भारतमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा

काठमाडौं । भारतमा गत २४ घण्टामा थप १ लाख २७ हजार ९ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोहि अवधिमा थप २ लाख ३० हजार ८ सय १४ जना कोरोना संक्रमित संक्रमण मुक्त भएको भारतीय संचार माध्यले जनाएका छन् । त्यस्तै गत २४ घण्टामा १ हजार ५९ जना कोरोना संक्रमितको मृत्यु भएको […]

भारतमा यसरी घट्दैछ कोरोना संक्रमण

भारतमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या घट्दो क्रममा रहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेश (यूपी) र पञ्जाब समेत १६ राज्यमा सक्रिय संक्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा दैनिक संक्रमण दरमा करीब ४ प्रतिशत कमी आएको छ । भारतमा थप २ लाख ५१ हजार २०९ जनामा संक्रमण पुष्टि भएको छ भने ६२७ जनाको मृत्यु भएको छ । एकैदिन थप ३ लाख ४७ हजार ४४३ संक्रमित निको भएर डिस्चार्ज भएका छन् । थपिने संक्रमितभन्दा निको हुनेको संख्या बढी भएपछि सक्रिय संक्रमितको संख्या घट्दै गएको छ ।