न्याय सेवा आयोगले गरेको सरुवाप्रति चार कर्मचारी संगठनको असन्तुष्टि

काठमाडौँ- न्याय सेवा आयोगले गरेको सरुवाप्रति कर्मचारी संगठनले असन्तुष्टि जनाएका छन् । वर्षौँदेखि प्रशासन महाशाखा र शाखा प्रमुखलाई एउटै शाखा–महाशाखामा राखेर स्वेच्छाचारिता, पक्षधरतालाई निरन्तरता दिइएको ती संगठनले आरोप लगाएका छन् । २९ वैशाखमा भएको सरुवा मनपरी, विभेदकारी र नाजायज भएको कर्मचारी संगठनको भनाइ छ । संगठनले निर्णयबारे पुनर्विचार गर्न तीन दिनको समय पनि दिएका छन् […]