बजेट स्वागतयोग्य, कार्यान्वयनमा शंका : राष्ट्रिय व्यवसायी महासंघ

काठमाडौं (अस) । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आगामी आर्थिक वर्षको बजेटको स्वागत गरेको छ । महासंघले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर बजेट सकारात्मक भएको बताएको हो । बजेट स्वागतयोग्य भए पनि कतिपय विषयको कार्यान्वयन भने जटिल देखिएको महासंघले बताएको छ । महासंघका अध्यक्षकुमार कार्कीले बजेटमा आएका केही विषय सकारात्मक रहेको भन्दै यसको कार्यान्वयनमा जोड दिए । ‘सरकारले करको दरमा गरेको फेरबदल तथा कृषिक्षेत्रको विकास र विस्तारका लागि बजेटमा समावेश गरिएका विषय एकदमै सकारात्मक छन्, आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि बजेटमार्फत सरकारले पहलकदमीको शुरुआत गरेको छ,’ अध्यक्ष कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कृषिक्षेत्रको उत्पादन वृद्धि गरी मुलुकलाई आत्मनिर्भर बनाउन गरिएका प्रयास सकारात्मक र स्वागतयोग्य छन् ।’ मेडिकल शिक्षा अध्ययन गर्न विदेशी विद्यार्थी भित्त्याउने योजना तथा नेपाली विद्यार्थीलाई स्वदेशमै उच्च गुणस्तीय शिक्षाको व्यवस्था गर्ने लगायतका विषय समेत सकारात्मक रहेको महासंघको भनाइ छ । विलासिताका वस्तु आयातमा कडाइ गर्नु राम्रो भए पनि अत्यावश्यक वस्तुमा कडाइ गर्न नहुने महासंघले बताएको छ । बजेटमा भएका सकारात्मक पक्षहरूलाई चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्याइनुपर्ने भन्दै महासंघले निजीक्षेत्रका अन्य मुद्दाहरू सम्बोधन गर्न समेत सरकारसँग माग गरेको छ ।

सम्बन्धित सामग्री

व्यवसायी फेरि आन्दोलित, सम्भव छ सिंगल डिजिट ब्याजदर ?

बैंकको चर्को ब्याजदरविरुद्ध उद्योगी–व्यवसायी फेरि आन्दोलित भएका छन् । सोमबार नेपाल राष्ट्रिय व्यवसायी महासंघ र अन्य व्यवसायीका संघसंस्थाले काठमाडौंको माइतीघरबाट विरोध प्रदर्शन सुरु गरेका हुन् । महासंघको नेतृत्वमा देशभरका उद्योगी–व्यवसायीले अब आन्दोलनलाई बृहत् बनाउँदै लैजाने अध्यक्ष कुमार कार्कीले बताए । प्रदर्शनका क्रममा उद्योगी–व्यवसायीप्रति सरकारले विभेदपूर्ण नीति तथा व्यवहार गरेको गुनासो गरेका थिए । बैंकहरूले चर्को […]

बैंकको चर्को ब्याजदर र आतंक बिरुद्ध व्यवसायीद्वारा सडक आन्दोलन

काठमाडौं, १६ माघ। नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदर र आतंकबिरुद्ध सोमबार माइतीघर मण्डलमा प्रदर्शन गरेको छ। नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, ललितपुर तयारी पोशाक व्यवसायी संघ,नेपाल कम्प्लेक्स व्यापार संघ लगायतले माइतीघरमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।महासंघका अध्यक्ष कुमार कार्कीले बैंकहरुले व्यवसायीहरुलाई ३५दिने सूचना दिएर घर लिलामी गर्न थालेकाले लिलामी रोक्न आन्दोलन गरिएको बताए।

बैंकिङ आतङ्क बन्द गर भन्दै माइतीघरमा विरोध (तस्बिर)

राष्ट्रिय व्यवसायी महासंघ बैंकको चर्को ब्याजदरको विरोधमा प्रदर्शनमा उत्रिएको छ । काठमाडौंको माइतीघर मण्डलामा महासंघको नेतृत्वमा व्यवसायी सडकमा उत्रिएका हुन् ।

‘भिख मागेर देश चलाउने अर्थनीति बन्द गर’ (फोटोफिचर)

नेपाल राष्ट्रिय व्यवसायी महासंघ र नयाँ बानेश्वर व्यापार व्यवसायी संघले माइतीघरमा प्रदर्शन गरेका छन्।...

‘भिख मागेर देश चलाउने अर्थनीति बन्द गर’ (फोटोफिचर)

नेपाल राष्ट्रिय व्यवसायी महासंघ र नयाँ बानेश्वर व्यापार व्यवसायी संघले माइतीघरमा प्रदर्शन गरेका छन्।...

बैंकको चर्को ब्याजदरविरुद्ध राष्ट्रिय व्यवसायी महासंघ आन्दोलित

१५ माघ, काठमाडौं । बैंकहरुको चर्को ब्याजदरविरूद्ध होलसेल तथा खुद्रा व्यवसायीहरुको संस्था नेपाल राष्ट्रिय व्यवसायी महासंघ आन्दोलित भएको छ । महासंघको शुक्रबार बसेको बैठकले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको बेला बैंकहरुले उद्योगी व्यवसायीहरूलाई अपमान गरेको भन्दै आन्दोलन घोषणा गरेको हो । महासंघले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका उद्योगी व्यवसायी माथि राज्य र बैंकहरुले अवहेलना गरेको आरोप […]

चीनतर्फका नाका खुलाउन कुटनीतिक पहल गर : राष्ट्रिय व्यवसायी महासंघ

५ भदौ, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले तातोपानी र रसुवागढी नाकाको अवरोध खुलाउन सरकारलाई आग्रह गरेको छ । आइतबार महासंघका अध्यक्ष कुमार कार्कीले एक विज्ञप्ति जारी गर्दै कुटनीतिक पहल गरेर तत्काल नाका खुल्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको हो । ‘दशैंको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरु समस्यामा परेका छन्,’ महासंघले विज्ञप्तिमा भनेको छ, […]

बजेट राम्रो आयो- राष्ट्रिय व्यवसायी महासंघ

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आगामी आर्थिक वर्षको बजेटको स्वागत गरेको छ । महासंघले बजेट स्वागतयोग्य भएको बताएको हो । बजेट स्वागतयोग्य भए पनि कतिपय विषयहरु कार्यान्वयनका लागि भने जटिल देखिएको महासंघले बताएको छ । महासंघका अध्यक्ष कुमार कार्कीले बजेटले औंल्याएका केही विषयहरु सकारात्मक रहेको र केही कुराहरु पर्याप्त नरहे पनि समग्रमा बजेट सकारात्मक […]

सेञ्चुरी बैंक र राष्ट्रिय व्यवसायी महासंघबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र नेपाल राष्ट्रिय व्यवसायी महासंघबीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सम्झौता भएको छ । उक्त समारोहमा बैंकले नेपाल राष्ट्रिय व्यवसायी महासंघ र महासंघ अन्तर्गतका भोटेवहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघ र नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघसँग छुट्टाछुटै सम्झौता गरेको छ ।उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट कृषि तथा विपन्न वर्ग कर्जा विभाग […]