वार्षिक उपभोक्ता मूल्यवृद्धि ८.२६ प्रतिशत

काठमाडौं: चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनाको मूल्यवृद्धि ८ दशमलव २६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।बैंकले आज देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरी मूल्यवृद्धिको जानकारी दिएको हो। अघिल्लो वर्षको तुलनामा यस आर्थिक वर्षको पहिलो महिनामा मूल्यवृद्धि झण्डै दोब्बरले बढेको हो।आर्थिक वर्ष २०७८/७९ को साउन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि ४ दशमलव ३५ प्रतिशत रहेको थियो । २०७८ साउनको तुलनामा २०७९ साउनमा घिउ तथा तेल १९ दशमलव ५८ प्रतिशत, फलफूल १८ दशमलव

सम्बन्धित सामग्री

मूल्यवृद्धि ७.४१ प्रतिशत

२६ जेठ, काठमाडौं । बजारमा मूल्यवृद्धि घट्दै गएको नेपाल राष्ट्र बैंकको तथ्याङ्‍कले देखाएको छ । शुक्रबार राष्ट्र बैंकले प्रकाशित गरेको वैशाखसम्मको समग्र विन्दुगत उपभोक्ता मूल्यवृद्धि दर (मुद्रास्फीर्ति) ७.४१ प्रतिशतमा झरेको हो । जुन, गत वर्षको यही अवधिको तुलनामा कम हो । अघिल्लो वर्ष यस अवधिमा मूल्यवृद्धि ७.८७ प्रतिशत थियो । वैशाखसम्म खाद्य तथा पेय पदार्थ […]

भदौमा मूल्यवृद्धि ८.६४ प्रतिशत, सबैभन्दा धेरै तराईमा

चालु आर्थिक वर्षको भदौ महिनामा वार्षिक विन्दूगत उपभोक्ता मूल्यवृद्धि ८.६४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ३.४९ प्रतिशत मात्र रहेको थियो। रुस–युक्रेन द्वन्द्वका कारण विश्वव्यापीरुपमै मूल्यवृद्धिले उचाइ लिएपछि...

तराई- मधेसमा अनपेक्षित मूल्यवृद्धि

काठमाडौँ– तराई- मधेसमा मूल्यवृद्धि अपेक्षित अङ्कभन्दा माथि रहेको पाइएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालू आवको पहिलो दोस्रो महिनाको अन्त्यसम्ममा तराईमा उपभोक्ता मुद्रास्फीति ९.३३ प्रतिशत बराबर रहेको छ । केन्द्रीय बैंकका अनुसार २०७८ भदौमा तराईको उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशत बराबर थियो । गत भदौ महिनामा काठमाडौँ उपत्यकामा ७.६२ प्रतिशत पहाडमा ८.८२ प्रतिशत र […]

मूल्यवृद्धि ८.५६ प्रतिशत, उपत्यका र तराईमा उच्च महँगी

२७ असार, काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा समग्र मूल्यवृद्धि ८.५६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय अवस्था प्रतिवेदनअनुसार समीक्षा अवधिका समग्र उपभोक्ता मुद्रास्फीति ४.३७ प्रतिशतले वृद्धि भएको छ । गत आवको ११ महिनामा यस्तो मूल्य वृद्धि ४.१९ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ र गैर […]

मूल्यवृद्धि ८ प्रतिशत, काठमाडौं र तराईमा दुई गुणाले बढ्यो महँगी

२७ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा समग्र मूल्यवृद्धि ८ प्रतिशत नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले सर्वजनिक गरेको वित्तीय अवस्था प्रतिवेदनअनुसार समीक्षा अवधिका समग्र उपभोक्ता मुद्रास्फीति ४.२२ प्रतिशतले वृद्धि भएको छ । गत आव १० महिनामा यस्तो मूल्य वृद्धि ३.६५ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ र […]

चैतमा निर्माण सामग्रीमा २५ प्रतिशत मूल्यवृद्धि, अरुमा कति बढ्यो महँगी ?

२८ चैत, काठमाडौं । गत चैत महिनामा मूल्यवृद्धि दर थप बढेको देखिएको छ । चैत महिनामा वाषिर्क विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत पुगेको छ, फागुनमा यस्तो वृद्धिदर ७.१४ प्रतिशत थियो । २०७७ चैत महिनामा यस्तो मूल्यवृद्धि दर ३.१० प्रतिशत थियो । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार चैत महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२२ […]

मौद्रिक नीतिको लक्ष्यमा दबाब, मूल्यवृद्धि ५ वर्षयताकै उच्च

चालू आर्थिक वर्ष (आव) को पाँचौं महीना अर्थात् मङ्सिरसम्म आउँदा उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) लक्ष्यभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले चालू आवमा औसतमा ६ दशमलव ५ प्रतिशतभित्र उपभोक्ता मूल्यवृद्धि राख्ने लक्ष्य लिएको थियो । तर, मङ्सिरमा त्यो शून्य दशमलव ६१ प्रतिशत विन्दु बढी अर्थात् ७ दशमलव ११ प्रतिशत पुगेको छ ।राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको चालू आवको मङ्सिरसम्मको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विषयक प्रतिवेदनअनुसार मङ्सिरमा मात्र मूल्यवृद्धि १ दशमलव ७९

मूल्यवृद्धि ५ प्रतिशत नाघ्यो, पहाडमा सबैभन्दा बढी

२९ मंसिर, काठमाडौं । कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि दर ५ प्रतिशत नाघेको छ । कात्तिकमा मूल्यवृद्धिदर ५.३२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनााएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि दर ४.०५ प्रतिशत रहेको थियो । गत असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ४.२४ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय […]

उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत, तेलमा उच्च मूल्यवृद्धि

चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत पुगेको छ ।  अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही समयमा यस्तो मुद्रास्फीति ३.७९ प्रतिशत रहेको थियो । असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६३ प्रतिशत पुगेको छ । यस्तै  गैर–खाद्य तथा सेवा समूहका मुद्रास्फीति  ४.७२ प्रतिशत रहेको छ । २०७७ असोजको तुलनामा २०७८ असोजमा घ्यू तथा तेल, माछा तथा मासु, दाल तथा गेडागुडी, सुर्तीजन्य वस्तु र गैर–मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः ३१.६८...

समग्र मूल्यवृद्धि ३ प्रतिशत मात्रै, तर घ्यू तथा तेलमा साढे २१ प्रतिशत

गत वर्षको चैतमा करिब ६ दशमलव ७४ प्रतिशत मूल्यवृद्धि भएकोमा यस वर्ष त्यो दर आधाले घटेर ३ दशमलव १ प्रतिशत मात्रै रहेको राष्ट्र बैंकको तथ्यांक चैत महिनामा उपभोक्ता मूल्यवृद्धिदर ३ दशमलव...