हर्क साम्पाङद्वारा पदभार ग्रहण, पहिलो निर्णयः कर प्रणाली व्यवस्थित गर्न कार्यदल गठन

मोरङ – स्थानीय कर प्रणालीलाई वैज्ञानिक एवं व्यवस्थित बनाउन राजश्वसम्बन्धी कार्यदल गठन गर्ने सिफारिससहित धरानका नवनिर्वाचित मेयर हर्कराज राई साम्पाङले पदभार ग्रहण गरेका छन्। मंगलबार धरान उपमहानगरपालिकामा आयोजित कार्यक्रममा मेयर पदको पदभार ग्रहण गर्दै नवनिर्वाचित मेयर साम्पाङले कर प्रणालीलाई व्यवस्थित बनाउने राजश्वसम्बन्धी कार्यदल गठन गर्दै अघि बढ्ने जनाएका हुन्। उपमहानगरका वरिष्ठ राजश्व तथा सूचना अधिकृत […]

सम्बन्धित सामग्री

एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : नवनियुक्त मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण  गरेका छन् । आज पद तथा गोपनीयताको शपथ लिएसँगै उनले मुख्यमन्त्री कार्यालयमा पदभार ग्रहण गरेका हुन् । सो अवसरमा उनले आगामी आवका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्माणका लागि प्रमुख सचिवको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । नवनियुक्त पाण्डेले  उत्पादन र […]

५ वर्षे रणनीतिक योजना बनाएर काम गर्छु : ऊर्जामन्त्री लिङ्देन

काठमाडौं। नवनियुक्त उपप्रधान एवम् ऊर्जा, सिँचाई तथा जलस्रोतमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्ने क्रममा उनले ५ वर्षे नीति बनाएर काम गर्ने बताएका छन्। उपप्रधानमन्त्री पदको शपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेर उनले सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा मंगलवार दिउँसो पदभार ग्रहण हुन्। ५ वर्षे नीति बनाउन कार्यदल गठन गर्ने उनले पहिलो निर्णय समेत गरे।

बागमती प्रदेशमा मन्त्रालय संख्या निर्धारण गर्न कार्यदल गठन

हेटौँडा : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदभार ग्रहण गरेसँगै दुईवटा निर्णय गरेका छन्।मंगलबार पद तथा गोपनीयताको शपथग्रहण गरेपछि पदभार ग्रहण गर्दै मुख्यमन्त्री जमकट्टेलले दुईवटा निर्णय गरेका हुन्। मुख्यमन्त्री जमकट्टेलले बागमतीमा मन्त्रालय संख्या निर्धारण गर्न कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका छन्।१५ दिनभित्र कार्यदलले प्रतिवेदन पेश गर्ने गरी जमकट्टेलले ५ सदस्यीय कार्यदल गठन गरेका हुन्। जसका आधारमा मन्त्रालय संख्या टुंगोमा पुर्‍याउने मुख्यमन्त्री जम्मकट्टे

बागमतीमा मन्त्रालय संख्या घटाउन मुख्यमन्त्रीले बनाए कार्यदल

२६ पुस, हेटौंडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउन प्रमुख सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ । नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेका छन् । कार्यदललाई बागमती प्रदेशमा उपयुक्त मन्त्रालयको संख्या सिफारिस गर्न १५ दिनको समय तोकिएको छ । पाँच सदस्यीय कार्यदलमा आर्थिक […]

पदभार ग्रहणसँगै यस्तो छ हर्क साम्पाङको पहिलो निर्णय

सुनसरी :  स्वतन्त्र उम्मेदवारी दिएर सुनसरीको धरान उपमहानगरपालिका प्रमुखमा निर्वाचित हर्कराज साम्पाङले पदभार ग्रहण गरेका छन्। मंगलबार उपमहानगरको कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्। उनले स्थानीय कर प्रणालीलाई वैज्ञानिक एवं व्यवस्थित तुल्याउन राजश्व सम्बन्धी कार्यदल गठन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्। वरिष्ठ राजश्व तथा सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाले पेश गरेको राजश्व अध्ययन कार्यदल गठनसम्बन्धी प्रस्ताव प्रमुख राईले सदर गरेका हुन्। उनको निर्णय अनुसार उपप्रमुखक

मन्त्री बडूद्वारा पदभार ग्रहण, ओ एण्ड एम अध्ययनका लागि कार्यदल गठन गर्ने निर्णय

उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पदभार ग्रहण गरेका छन्। मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उनले साना तथा मझौला उद्योग महाशाखा गठन गर्ने र त्यसको छुट्टै नीति निर्माण तथा संगठन...

ऊर्जामन्त्रीद्वारा कार्यदल गठन

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले पदभार ग्रहण गर्दै जलविद्युत् र प्रसारण लाइन आयोजनाको प्राथमिकीकरण गर्न कार्यदल गठन गरेकी छिन् ।ऊर्जा मन्त्रालय र यससँग सम्बन्धित विभिन्न निकायहरुले धेरै आयोजनाहरुको अध्ययन गरिरहेकोमा मन्त्री भुसालले पहिलो निर्णयको रुपमा प्राथमिकीकरणका लागि कार्यदल गठन गर्ने निर्णय गरेकी हुन् । ऊर्जा मन्त्रालयका सह–सचिव मधु भेटुवालको संयोजकत्वमा गठित कार्यदलमा […]