लोसपा नेपालको जनकपुरधामस्थित प्रादेशिक कार्यालयमा तालाबन्दी

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको भ्रातृ संगठन लोकतान्त्रिक विद्यार्थी संघका नेताहरुले तालाबन्दी गरेका छन् । लोकतान्त्रिक विद्यार्थी संघका नेता त्रिदेव मिश्रको नेतृत्वमा जनकपुरधामस्थित लोसपा मधेश प्रदेश कार्यालयमा तालाबन्दी गरिएको हो । लोसपा धनुषाका जिल्ला अध्यक्ष परमेश्‍वर साहले आफूखुशी विद्यार्थी संघको जिल्ला अध्यक्षमा मनोनित गरेको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । अध्यक्ष साहले विद्यार्थी संगठनका नेताहरुसँग विचार विमर्श नै नगरि पकेटबाट मान्छे निकालेर अध्यक्ष पदमा मनोनित