प्रहरी जवानले आफैँमाथि बन्दुक ताकेपछि!

धनगढी : कैलालीमा एक प्रहरी जवानले आफैँलाई ताकेको बन्दुक पड्केपछि घाइते भएका छन्। बन्दुक पड्केपछि जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर २ घर भएका एक प्रहरी घाइते भएका हुन्।इलाका प्रहरी कार्यालय टीकापुर मातहतको बैदीस्थित कालाकुण्डा प्रहरी चौकीमा कार्यरत झंकर बोहराले आफैँमाथि ताकेको बन्दुक पड्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले बताए। उनका अनुसार झंकर हिजो (शनिबार) राति मूल द्वारको ड्युटीमा थिए। ड्युटीमै रहेका वेला उनले रातको करिब १ बजे आफैँले आफैँमाथि बन्दुक ताकेक

सम्बन्धित सामग्री

रुकुम पूर्वमा ६ नाल बन्दुक फेला

रुकुम पूर्व – रुकुम पूर्वमा ६ नाल भरुवा बन्दुक फेला परेको छ । सोमवार जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले भूमे गाउँपालिका ३ को तुङबाङ खोलाको जङ्गलमा ६ नाल भरुवा बन्दुक फेला पारेको हो ।  जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) अञ्जना श्रेष्ठका अनुसार जङ्गलमा बन्दुक लुकाएर राखेको भन्दै स्थानीयले दिएको सूचनाको आधारमा खोजी गर्दा ६ नाल बन्दुक फेला परेकाे हाे । सूचनालगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टंकप्रसाद भण्डारीको नेतृत्वमा गएको प्रहरी टोलीले बन्दुक फेला पारेको ...

बेवारिसे भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जिल्लाका विभिन्न ठाउँबाट बेवारिसे अवस्थामा रहेका १० थान भरुवा बन्दुक नियन्त्रणमा लिइएको छ । कार्यालय सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृृष्ण खत्रीले  विभिन्न सूचनाका आधारमा बन्दुक नियन्त्रणमा लिएको बताए ।

बेवारिसे भरुवा बन्दुक प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जिल्लाका विभिन्न ठाउँबाट बेवारिसे अवस्थामा रहेका १० थान भरुवा बन्दुक नियन्त्रणमा लिइएको छ।...

मकवानपुरमा भरुवा बन्दुक बरामद

मकवानपुरमा प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिका १ सौराहा बस्ने ३७ वर्षीय जिलाबसिंह दोर्जे बम्जनको घरबाट प्रहरीले शनिबार १ थान भरुवा बन्दुक बरामद गरेको हो ।  जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीले उनको घर तालसी गर्दा लुकाई राखेको अवस्थामा भरुवा बन्दुक फेला पारी बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । घरधनी जिलाबसिंह भने अहिले फरार रहेका छन् । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

जंगलमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु, बन्दुक कसको भन्ने खुलेन

कलैया : भरुवा बन्दुक पड्किएर गएराति बारामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका-१६ डकाहाटोल बस्ने २८ वर्षीय सागर सिंजाली मगर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेश थापाका अनुसार दुधौरा खोलामा माछा मारी फर्कने क्रममा जङ्गली जनवारको सिकारका लागि थापेको भरुवा बन्दुक पड्किँदा  मगर घाइते…

जाजरकोटमा भरुवा बन्दुक बरामद

जाजरकोटको नलगाड नगरपालिका–५ स्थित खाना टाकुरा कैची जंगलमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको छ । इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको टोलीले बेवारिसे भेटिएको १ थान भरुवा बन्दुक बरामद गरेको छ ।बन्दुकबारे अनुसन्धान भइरहेको जिल्ल प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

बरामद बन्दुक प्रहरीलाई हस्तान्तरण

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जले महाहन्ट तथा अन्य गस्तीका समयमा बरामद गरेका भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय रसुवालाई हस्तान्तरण गरेको छ । सदरमुकाम धुन्चेस्थित निकुञ्ज कार्यालयमा लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दलाई ठूलो भरुवा बन्दुक ११ थान, सानो भरुवा बन्दुक २ थान र भरुवा […]

भक्तपुरको तेलकोटमा भरुवा बन्दुक फेला

भादगाउँ । भक्तपुरको तेलकोटमा भरुवा बन्दुक फेला परेको छ । चाँगुनारायण नगरपालिका-६ पसलडाँडास्थित तेलकोट जाने हरिगुरू सडक मार्गको पानी बग्ने ह्युमपाइपभित्र एक थान भरुवा बन्दुक फेला परेको हो । बन्दुक कसले कुन प्रयोजनका लागि ल्याएर लुकाएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । भरुवा बन्दुकबारे स्थानीयवासीले खबर गरेपछि प्रहरी पुगेर अनुसन्धान […]

भरुवा बन्दुक पड्किँदा एकजना घाइते

हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिकामा भरुवा बन्दुक पड्किँदा एकजना घाइते भएका छन्।वडा नम्बर ३ कटुसघारीमा आफैंले बोकेको भरुवा बन्दुक पड्किँदा ४२ वर्षीय माइते लामा घाइते भएको प्रहरीले बताएको छ। बाँदर धपाउने क्रममा बन्दुक पड्किँदा लामा घाइते भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।  लामालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको प्रहरी निरीक्षक दासले बताए। घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ।

खेलौनालाई साँच्चिकै बन्दुक ठान्दा...

काठमाडौं। अमेरिकाको डलासमा प्रहरीले कुनै एक व्यक्तिले आफूतर्फ बन्दुक ताकिरहेको देख्यो, जवाफमा प्रहरी गोली चलायो र ती व्यक्तिको मृत्यु भयो! तर, दुर्भाग्य ती व्यक्तिको हातमा रहेको बन्दुक नक्कली थियो, त्यो खेलौना बन्दुक थियो।प्रहरीलाई सोमबार कसैले खबर गरिदियो, डलासनजिकको आवासीय क्षेत्रमा एक व्यक्ति बन्दुक लिएर घुमिरहेको छ। सूचना पाएपछि प्रहरी उक्त क्षेत्रमा गयो र ती परिचय नखुलेका व्यक्तिलाई गोली हान्यो।(एजेन्सी)