पहाड र तराईका केही ठाउँमा बिहान बादल र हुस्सु लागे पनि दिउँसाे मौसम सफा रहने

काठमाण्डाै – आज बिहान पहाडी र तराईका केही ठाउँमा आंशिक बादल र हुस्सु लागेको भए पनि दिउँसो भने मौसम सफा रहनेछ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराईका केही ठाउँमा बादल र हुस्सु लागेको र अन्य ठाउँमा भने मौसम सफा रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । काठमाण्डौ उपत्यकामा भने आज बिहानैदेखि मौसम खुलेको छ । आज दिनभरको मौसम देशभर नै सफा रहने अनुमान गरिएको छ । आज राति र भोलि बिहान पनि मौसम सफा नै रहनेछ । पर्सि भने देशका उच्च पहाडी र हिमाली क्ष...

सम्बन्धित सामग्री

आज पनि तराईमा हुस्सु, पानी पर्ने सम्भावना छैन

१५ माघ, काठमाडौं । तराईका अधिकांश स्थानहरुमा आज पनि हुस्सु/कुहिरो लागेको छ । केही ठाउँमा शीतलहर चलेकोले जनजीवन कष्टकर बनेको छ । पहाडी क्षेत्रमा भने मौसम आंशिकरुपमा बदली भएको छ । त्यसबाहेक भू-भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा […]

आजको मौसम: पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने

काठमाडौँ- हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशका तराईका थोरै भूभागहरू साथै देशका पहाडी भूभागहरू आंशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहेको छ। मंगलबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही […]

आजको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ भने आज अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । बिहीबार बिहान तराईका केही भू–भागहरूमा हल्का हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै […]

आजको मौसम : आंशिक बदली हुन सक्ने

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। महाशाखाले देशभर आगामी तीन दिनसम्म मौसम सफा रहने जनाएको छ। हाल तराईका…

आज मौसम सफा रहने

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। तराईका केही भू-भागमा हुस्सु कुहिरो रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सोमबार पनि मौसम सामान्यतया सफा रहनेछ। मंगलबार भने देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली बाकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सा

तीन दिनसम्म मौसम सफा रहन्छ : महाशाखा

काठमाडौं : आगामी तीन दिनसम्म मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि त्यसको उल्लेखनीय असर नदेखिएको महाशाखाको विश्लेषण छ। उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रहनुका साथै तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ। आज दिउँसो देशभर आंशिक…

धेरै ठाउँको मौसम सफा : वाग्मती र प्रदेश एकका केही ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाण्डाै - आज देशभरका धेरै ठाउँको मौसम सफा रहेको छ । केही ठाउँमा आंशिक बद्लीको सम्भावना रहेको र अहिले तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेकाे छ । प्रदेश एक र वाग्मती प्रदेशका पहाडी एक/दुई ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु ठाउँमा भने मौसम सामान्यता सफा नै रहेको तथा आज दिउँसो र राति पनि मौसम सफा रहने महाशाखाले जनाएको छ ।

आज देशभरको मौसम सफा रहने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका धेरैजसो भू–भागहरूमा हुस्सु/कुहिरो लागेको छ। बिहानको समयमा उपत्यका लगायत तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध गरेको छ। मंगलबार सुदूर पश्चिम प्रदेश, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही […]

अबको तीन दिन मौसम सफा रहने : तराईमा हुस्सु र कुहिरो

काठमाण्डाै - अबको तीन दिन देशभरको मौसम सफा रहने भएको छ । पश्चिमी वायुको प्रभाव सामान्य रहेकाले मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर तराईका जिल्लाहरुमा भने हुस्सु लागेको छ । अहिले देशका धेरैजसो ठाउँमा पातलो कुहिरो लागेको छ । अहिले गण्डकी, वाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा कुहिरो लागेको छ भन...

आज देशभरीको मौसम सफा

काठमाडौं, माघ २१ – आइतबार देशका धेरै ठाउँको मौसम सफा रहने मौसमविद्ले बताएका छन् । अहिले भने तराईका जिल्लामा बाक्लो हुस्सु लागेको छ । काठमाडौं उप...