एमालेको अनुशासन आयोगमा बडाल, लेखा आयोगमा कँडेल

काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले एमालेको अनुशासन आयोगको अध्यक्षमा केशव बडाल र लेखा आयोगको अध्यक्षमा पुष्प कँडेलको नाम प्रस्ताव गरेका छन्। दुबै आयोग २५/२५ सदस्यीय हुने व्यवस्था एमालेको विधानले गरेको छ। अध्यक्ष ओलीले महाधिवेशनको बन्दसत्रमा एमालेको केन्द्रीय समितिका पदाधिकारीसँगै बडालको अध्यक्षतामा २५ सदस्यीय अनुशासन आयोग र कँडेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोगमा रहनेको नाम पनि प्रस्ताव गरेका हुन्। ओलीले प्रस्ताव गरेका नाम हलबाट पारित भएको छ।अनुशासन आयोगमा ११ महिला र १४ जना पुरुष छन