चितवनका दुध उत्पादक किसानको गुहार : सरकार प्रतिलिटर ४० रुपैयाँमा दिन तयार छौँ, दुध किनिदिनुस्

चितवन । निषेधाज्ञाका कारण देशभर आर्थिक गतिविधि सुस्त भएसंँगै दुधले बजार नपाउंँदा दुग्ध उत्पादक किसान मर्कामा परेका छन् । दुध विक्री नभएपछि कतिपय किसानहरूले पाउडर र मख्खन बनाउन दुग्ध उद्योगलाई दिएपनि ती उत्पादन पनि विक्री नभएपछि किसानलाई फिर्ता दिन थालेको उनीहरूको गुनासो छ ।  औसत प्रतिलिटर ५३ रुपैयांँमा दुध विक्री गर्दै...

सम्बन्धित सामग्री

चौबिसौँ विश्व दुध दिवस किसानले पाएनन् भुक्तानी

विश्वले दुध दिवस मनाइरहेका बेला नेपालका दुध किसानले साढे तीन अर्ब रुपियाँ बक्यौता रकम भुक्तानी पाएका छैनन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको अध्ययन समितिले तयार पारेको प्रतिवेदन अनुसार दुध किसानलाई तीन अर्ब ४० करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

दुधको बजारीकरण तथा गुणस्तरका लागि सुझाव

डेरी उद्योगीहरूको छाता सङ्गठन नेपाल डेरी एसोसिएसनले दुधको बजारीकरण तथा गुणस्तरलगायत १२ वटा सुझाव देशभरका स्थानीय तहलाई दिएको छ । एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले सोमबार देशका सबै पालिकालाई पत्र पठाएर सो सुझाव दिनुभएको हो । दुधको बिक्री तथा गुणस्तरमा प्रश्न उठिरहेका बेला एसोसिएसनले वार्षिक कार्यक्रममा दुधसम्बन्धी कार्यक्रम समावेश गर्न सो १२ बुँदे सुझाव पठाएको हो । उत्पादनको शतप्रतिशत दुध बजारसम्म नआएकाले त्यसलाई बजारसम्म पु¥याउने खालको कार्यक्रम तयार गर्न सुझाव दिएको अध्यक्ष दाहालले बताउनुभयो ।

किसानका लागि दुध उत्पादन मापदण्ड

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुपालन ‘असल अभ्यास’ अन्तर्गत स्वच्छ दुध उत्पादनका लागि मापदण्ड तयार गरेको छ । पशुपालन ‘असल अभ्यास’ कार्यान्वयनका लागि तयार पारेको निर्देशिकामा सो मापदण्डको व्यवस्था गरेको कृषि मन्त्रालयले जनाएको छ । मापदण्ड अनुसार दुध दुहुने व्यक्तिको कम्तीमा वर्षमा एक पटक स्वास्थ्य परीक्षण गरी क्षयरोगलगायतका कुनै पनि सरुवा रोगबाट ग्रसित नभएको र स्वास्थ्य जाँचको कागजात फार्ममा राखेको हुनुपर्ने छ । दुध दुहुने स्थान वा सो क्षेत्र वरपर र दुहुने बेला धूमपान गर्न, सुर्ती, खैनी, गुट्खा आदि सेवन गर्न नहुने मापदण्डमा उल्लेख गरिएको छ ।

दुग्ध पदार्थको तथ्यांकमा लापरबाही

तत्कालीन सरकारले दूधमा आत्मनिर्भर भएको औपचारिक घोषणा गरे पनि मुलुकमा कति दूध उत्पादन हुन्छ भन्ने तथ्यांक सरकारसँग छैन । अन्तरराष्ट्रिय खाद्य संगठनका अनुसार वार्षिक ९२ लिटर दूध प्रतिव्यक्ति उपभोग हुनुपर्छ । तर, नेपालको उत्पादन प्रतिव्यक्ति ८२ लिटर वार्षिक आपूर्ति हुन सक्छ भन्ने मानिन्छ । यस हिसाबले नेपाल दुग्ध पदार्थमा आत्मनिर्भर भइसकेको छैन । उपलब्धि प्रचार गर्ने लोभमा यस्तो घोषणा भएको देखिन्छ । दूधको उत्पादन र उपभोगसम्बन्धमा सरकार र व्यवसायीले दिने तथ्यांकमा ठूलो अन्तर पाइन्छ । सरकारले यसको सही तथ्यांक उपलब्ध गराउन सकेको देखिँदैन । आत्मनिर्भर भनिएको उत्पादनको तथ्यांकमा यस्तो अन्योल देखिँदा सरकारी कार्य नीति सही छैन भन्ने पुष्टि हुन्छ । नेपालमा निजीक्षेत्रका दुग्ध व्यवसायीको भनाइमा ६२ लाख लिटर दूध दैनिक उत्पादन हुन्छ । नेपाल दुग्ध विकास बोर्डले भने दैनिक ७० लाख लिटर उत्पादन हुने बताएको छ । त्यसमा ९ लाख लिटर औपचारिक क्षेत्रले खरीद गर्ने बोर्डको भनाइ छ । दुग्ध व्यवसायीको भनाइमा ३१ लाख लिटर दुध बजारमा आउँछ । बाँकी दूध बजार पहुँच नभएर आपूर्ति शृंखलामा आउन नसकेको बताइन्छ । तथ्यांकको विश्वसनीयता र आधिकारिकतामा प्रश्न उठ्छ भने कुनै पनि नीति तय हुन सक्दैन । दुग्ध पदार्थको उत्पादनमा हाम्रो धरातलीय यथार्थ के हो र आगामी दिनमा कस्तो रणनीति लिने हो भन्ने कुरा यकीन गर्न पनि तथ्यांक सही हुनुपर्छ । हो, तथ्यांक संकलनको स्रोत फरक पर्दा केही तलमाथि पर्न सक्छ । तर, ठूलो अन्तर भने हुँदैन । दुग्ध उत्पादनको मात्रै होइन, यसरी उत्पादित दुग्धजन्य पदार्थले बजार पाएको छ कि छैन भन्ने कुरामा पनि तथ्यांक अस्पष्ट रहेको देखिन्छ । अहिले दूधको आपूर्ति मागभन्दा बढी छ भनिन्छ । आपूर्ति बढी हुँदा दूधलाई धूलो बनाएर भण्डारण गरिन्छ । त्यसरी भण्डारण गरिएको दूध सुख्खा याम अर्थात् दूध कम उत्पादन हुने समयमा प्रयोग गरिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको राष्ट्रिय दुग्ध विकास बोर्डले आर्थिक मन्दीको कारण दूधको खपत घट्दा गत असोजमा ६ अर्ब रूपैयाँ बराबरको करीब ४ लाख मेट्रिक टन धूलो दूध र बटर मौज्दात रहेको बताएको थियो । त्यसको १ महीना पनि नबित्दै बोर्डले ९ अर्ब ४१ करोड रूपैयाँ बराबरको दुग्ध पदार्थ मौज्दात रहेको बतायो । उद्योगीहरू अहिले ५ अर्ब रूपैयाँको धूलो दूध र बटर मौज्दात रहेको बताइरहेका छन् । यस्तो फरक तथ्यांक आउनुमा सरकार र व्यवसायीको आआफ्नो स्वार्थ गाँसिएको पनि हुन सक्छ । जे भए पनि अहिले दुग्ध पदार्थको विक्री घटेको चाहिँ हो नै भन्ने देखिन्छ । दूधको विक्री घट्नुलाई आर्थिक मन्दीसँग जोडेर हेरिएको छ । यो विश्लेषण आंशिक सही हो भन्न सकिन्छ ।  दूधको खपत बढ्नुमा दूधको मूल्य मात्र होइन, गुणस्तर पनि कारण रहेको देखिन्छ । बढी दूध उत्पादन गर्न गाईभैंसीलाई एन्टीबायोटिक खुवाउने गरिएको छ । त्यस्तै दुग्ध पदार्थमा विभिन्न किसिमका मिसावट पनि गर्ने गरिएको छ । दूध नफाटोस् भनेर तथा दूध बाक्लो देखियोस् भनेर विभिन्न तत्त्व मिसाउने गरिएको छ जसले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । यस्तो कुरा उपभोक्तासमक्ष पुगेपछि दूधको उपभोग घट्नु सामान्य हो । बोर्ड वा दुग्ध व्यवसायीले दिने उपभोगको संख्या भनेको शहरी उपभोक्ताको हो । शहरी उपभोक्ताले दूध खान छाड्नुमा स्वास्थ्यसम्बन्धी सचेतना पनि एउटा कारण मानिन्छ । त्यसैले दूध खपत घट्नुको वास्तविक कारण खोजी हुनुपर्छ ।  सरकारले दूधको उत्पादन बढाउन उन्नत जातको नश्ल सुधार कार्यक्रम जारी राखेको छ । यसैका लागि भारतबाट मुर्रा जातको राँगो ल्याइएको छ । यसबाट दूध उत्पादन निकै बढ्ने देखिन्छ । त्यस्तै नश्ल सुधारिएका गाईको संख्या पनि बढ्दो छ भने मानिसहरू स्थानीय जातको गाईको दूध उपभोग गर्न रुचाइरहेका पनि छन् । त्यसैले दुग्ध उत्पादनसम्बन्धीमा सही रणनीति लिन ढिला भइसकेको छ । दूधको तथ्यांक अस्पष्ट हुनुमा किसानलाई दूधको भुक्तानी दिने कुरा पनि गाँसिएको हुन सक्छ । दूध विक्री नभएको भन्दै सरकारी कम्पनीले नै किसानलाई भुक्तानी दिइरहेको छैन । यसले भोलिका दिनमा दुग्ध उत्पादक किसानले गाईबस्तु पाल्न छाड्ने सम्भावना पनि उत्तिकै छ । उखुको भुक्तानीमा समस्या भए पछि किसानले बिस्तारै उखु खेती गर्न छाडेको बताइन्छ । आपूर्ति र उपभोगको शृंखला तोडियो भने त्यसको सीधा असर उत्पादनलाई पर्छ । अहिले ५ अर्बभन्दा बढी रकम किसानलाई भुक्तानी गर्न बाँकी रहेको बताइन्छ । अन्य व्यवसायमा जस्तो कृषि कर्ममा उधारो कारोबार सहज मानिँदैन । उत्पादन बेचेर लागत उठाउनेदेखि आफ्नो दैनिक गर्जो टार्नेसम्मका काम लागि तत्काल नगद आवश्यक हुन्छ । त्यसैले भुक्तानी रोकिनु हुँदैन । दूध बढी भएर खेर गएको भन्ने भनाइ पनि सुनिन्छ । दूध विक्री भएन भने लामो समयसम्म टिक्ने वस्तु दूधबाट तयार पार्न सकिन्छ । घ्यू, चीज वा छुर्पीजस्ता वस्तु बनाउने हो भने यो तत्काल बिग्रँदैन र केही समयसम्म भण्डारण गर्न सकिन्छ । यस्तो उत्पादनमा दुग्ध व्यवसायीको ध्यान जानु आवश्यक छ । त्यसो त धूलो दूध बनाएर बंगलादेशमा निर्यात गर्न पहल नभएको पनि होइन तर समान र गुणस्तरीय आपूर्ति नहुने हो भने यस्तो निर्यातको पहल सार्थक हुँदैन । धूलो दूध, घ्यू र चीजका लागि अन्तरराष्ट्रिय बजार खोज्नुपर्छ । दूध उत्पादन बढाउन दिगो बजार आवश्यक हुन्छ । त्यसैले यसतर्फ काम गर्न आवश्यक छ । यसमा काम गर्न पनि सही तथ्यांक आवश्यक हुन्छ । त्यस्तो तथ्यांक तयार पार्न पनि सरकारी निकायको ध्यान जानु जरुरी देखिन्छ ।

दुध बेच्न अन्तर्राष्ट्रिय बजार खोज्दै व्यापारी

बढी भएको दुध बङ्गलादेशलगायतका देशमा पठाउने तयारीमा डेरी उद्योगी लागेका छन् । नेपाल डेरी एसोसिएसनले आफ्ना प्रतिनिधि बङ्गलादेश पठाएर अध्ययन गर्न लगाएको छ । बङ्गलादेश दु्ध लिन सकारात्मक छ, नियमित उपलब्ध गरायो भने नेपालबाट दुध खरिद गर्न उनीहरू तयार भएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताउनुभयो ।

किसानले उत्पादन गरेका वस्तुको मुल्य सहजरुपमा पाउनुपर्छ : सचिव शर्मा

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले किसानले उत्पादन गरेको वस्तुको मुल्य सहज रुपमा पाउनुपर्ने बताएका छन् । बुधबार विश्व दुध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव डा. शर्माले किसानले उत्पादन गरेको वस्तुको मुल्य सहज रुपमा पाउनुपर्ने बताएका हुन् ।उनले त्यसका लागि सहजीकरण गर्न सरकार तयार रहेको बताए । उपभोक्ताहरूले सहज रुपमा स्वच्छ र सफा दुध उपभोग गर्न पाउने अवस्था बनाउनुपर्नेमा उनले जोड दिए । उनले निर्धक्क भएर दुध उपभोग ग

सर्लाहीमा १० करोड लगानीमा डेरी स्थापना

सर्लाही : हरिवन नगरपालिका–९ नयाँ रोडमा मंगलम डेरी एण्ड फुड्स इन्डस्ट्रिज सञ्चालनमा आएको छ। शुक्रवारदेखि सञ्चालनमा आएको उक्त दुग्ध उद्योग मधेश प्रदेशमै ठूलो रहेको सञ्चालक राघव सिंहले दाबी गरेका  छन्।सञ्चालक सिंहका अनुसार उद्योगमा १० करोड रुपैयाँ लगानी भएको छ। उद्योगले अत्याधुनिक प्रविधिको उपयोग गरी गुणस्तरीय दुग्ध पदार्थ उत्पादन गर्ने उनको भनाइ छ। दैनिक १६ हजार लिटरभन्दा बढी दुधका विभिन्न परिकार तयार गर्न सक्ने उद्योगको क्षमता रहेको उद्योग प्रशासनले जनाएको छ।उद्योगबाट छुर्पी,

सुर्खेत डेरी उद्योगद्वारा कोरोना संक्रमितलाई निःशुल्क दूध र मही

जेठ १४, सुर्खेत । सुर्खेत डेरी उद्योगले प्रदेश आयुर्वेद औषधालयको कोरोना आईसोलेशनमा उपचाररत बिरामीका लागि निःशुल्क दूध र मही उपलब्ध गराउने भएको छ ।   उद्योगले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड­१९ का बिरामीहरुलाई प्रभावकारी ढंगले उपचार गर्दै आएको प्रदेश आयुर्वेद औषधालयलाई दैनिक ६ लिटर दूध र हप्तामा १ एक दिन मही निःशुल्क उपलब्ध गराउने भएको हो । कोरोना संक्रमित भएर उपचारका लागि आईसोलेशनमा रहेका बिरामीलाई छिटो सञ्चो हुन सहयोग पुगोस् भन्ने उद्देश्यले एक महीनासम्म दूध र मही सहयोग गरिने उद्योगका प्रबन्ध निर्देशक माधव धिताले बताए ।  उनले कोरोना महामारीका बेला धेरै ठूलो सहयोग गर्न नसकिएपनि शक्ति र सामर्थ्यले भ्याएसम्म उद्योगले सामाजिक उत्तरदायित्व बहन गरिरहने बताए । ‘प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिले कोरोना संक्रमित भएर टाढा–टाढाबाट उपचारका लागि आएका बिरामीलाई एक दिन मही सहयोग गर्न फोन मार्फत आग्रह गरे, उनले भने, ‘यस्तो विपद्को समयमा कोरोनाले आजित भएका नागरिकका लागि एक दिन मात्र किन ? हामी एक महीना निःशुल्क दुध र मही उपलब्ध गराउने बचन दिएका हौं ।’  उनले आफ्नो सामाजिक उत्तरदायित्वलाई सर्वोपरी ठानेर मानवताको सेवाका लाग उद्योग हरसम्भव सहयोग गर्न तयार रहेको जिकिर गरे । यता प्रदेश आयुर्वेद औषधालयका डाक्टर शंकरप्रसाद रिजालले औषधालयको आग्रहलाई स्वीकार गरेर सुर्खेत डेरी उद्योगले कोरोना संक्रमितका लागि निःशुल्क दूध र मही उपलब्ध गराएको प्रति धन्यवाद व्यक्त गरे । त्यस्तै औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले मुनाफा मात्र नहेरी सुर्खेत डेरी उद्योगले शुरुदेखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई सर्वोपरी ठानेर समाज सेवा गर्दै आईरहेको बताए । उनले समृद्ध कर्णाली प्रदेशका लागि आउँदा दिनहरुमा पनि आयुर्वेद औषधालय र सुर्खेत डेरी उद्योगसँग हातेमालो गरेर अगाडि बढिने बताए ।

महोत्तरीको ग्रामीण क्षेत्र : हाट बजार नियमित‚ सीमामा निर्बाध आवतजावत

जनकपुरधाम : कोरोना भाइरस महामारीले आतंकित भइरहेका बेला धनुषा, महोत्तरीको ग्रामीण क्षेत्रका बासिन्दाको दिनचर्यामा भने परिवर्तन आएको छैन। शहर, बजार पूर्ण रुपमा लकडाउन भइरहको बेला गाउँघरका बासिन्दा भने सामान्य अवस्थामै छन्।गाउँघरका बासिन्दा यति बेला गहुँ भित्र्याउने, बारीमा खनजोत गर्ने, बर्खे  बाली लगाउने काममा व्यस्त छन्। दैनिकजसो खेतबारीमै व्यस्त रहेको वटेश्वर गाउँपालिका–५ का किसान राम किशुन यादव बताउँछन्। गाईवस्तु स्याहारसुसार गर्ने, दुध दुहने, बारी तयार गर्ने र मकै लगाउने काममा व्यस्