स्थानीय तह चुनाव - सबैभन्दा धेरै मतदाता काठमाण्डाै महानगरमा, मनाङकाे नार्पाभूमिमा सबैभन्दा कम

काठमाण्डाै – आउँदाे वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि पालिकातर्फ सबैभन्दा धेरै मतदाता काठमाण्डौ महानगरपालिकामा रहेका छन् । काठमाण्डौ महानगरपालिकामा तीन लाख दुई सय ४२ जना मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।दोस्रो नम्बरमा पोखरा महानगरपालिका रहेको छ । पोखरा महानगरपालिकामा दुई लाख सात हजार सात सय १२ जना मतदाता रहेका छन् भने तेस्रो नम्बरमा चितवनको भरतपुर महानगरपालिका  छ । यहाँ एक लाख ८५ हजार सात सय ५२ जना मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।यस्तै पालिकामा सबैभन्दा कम मतदाता मनाङको...

सम्बन्धित सामग्री

महँगिदै छ चुनाव, सरकारलाई खर्च जुटाउन दबाव

पछिल्ला चुनावमा भएको खर्चको वृद्धि अनुपातलाई आधार मान्दा अबको चुनावमा ३० अर्ब रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ । तर, अहिलेसम्म खर्चबारे आयोगले केही बोलेको छैन । निर्वाचनमा सुरक्षासहित आवश्यक सामग्री खरिद, कर्मचारी परिचालन, मतदाता शिक्षा, सवारी साधन खरिद तथा मर्मत लगायत शीर्षकमा ठूलो खर्च हुन्छ ।

म्याग्दीका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगे

म्याग्दी । स्थानीय तह चुनाव सञ्चालन गर्न म्याग्दीका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ७४ मतदानस्थलका ११४ ओटा मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेका जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले मंगलवार केन्द्रमा पुगेर मतदान अधिकृतले सूचना टाँसेका जानकारी दिए । बुधवार र बिहीवार मतदान केन्द्रमा सर्वदलीय, सर्वपक्षीय बैठक, मतदान केन्द्र निर्माण र मतदाता परिचयपत्र वितरणका साथै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । एकाघरको सदस्यलाई मतदाता परिचयपत्र दिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मतदानका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, मतदाता नामावलीलगायत सबै सामग्री लिएर मतदान केन्द्रतर्फ लागेका हुन् । कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेपछि निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए । चुनावका लागि म्याग्दीमा कुल २ हजार २५ कर्मचारी र सुरक्षाकर्मी परिचालन भएका छन् । मतदान केन्द्रमा ५६१ कर्मचारी र एक हजार ४६६ सुरक्षाकर्मी परिचालन भएका हुन् । १ सय १४ मतदान अधिकृत, ११४ सहायक मतदान अधिकृत, २२८ सहायक कर्मचारी, ११४ सहयोगी कर्मचारी गरी जिल्लाभर ५६१ जना कर्मचारी परिचालन भएका छन् । निर्वाचनमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन भएका छन् । निर्वाचन लक्षित गरेर ६१८ म्यादी प्रहरी नियुक्त भएका छन् । ३ सय ८० नेपाल प्रहरी, २०६ सशस्त्र प्रहरी, २६२ नेपाली सेना परिचालन भएका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । रासस

कैलालीका मतदाता फकाउँदै दल, गाउँमा भेटिन थाले नेता

स्थानीय तह चुनाव नजिकिँदै जाँदा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता कैलालीका गाउँ-गाउँमा भेटिन थालेका छन् । अघिल्लो चुनावपछि गाउँ नफर्किएका नेताहरूसमेत मतदाता रिझाउन जनताको घरदैलोसम्म पुगिरहेका छन् ।

उम्मेदवारी टुंग्याउनै सकस

स्थानीय तह चुनाव नजिकिएपछि मतदाता उत्साहित छन् । वर्षौंपछि गाउँ/नगरमा जनप्रतिनिधि चुन्ने मौका पाएकोमा उत्साह बढेको हो । आकांक्षी बढेपछि दलहरूलाई भने उम्मेदवारी टुंग्याउनै सकस परेको छ ।