प्रिमियर डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यससम्बन्धी औपचारिक सम्झौता माघ ६ गते काठमाडौंको थापाथलीस्थित प्रिमियर डिष्टिलरी लिमिटेडको कार्यालयमा सम्पन्न भएको हो। सम्झौतापत्रमा प्रिमियर डिष्टिलरी लिमिटेडका तर्फबाट सञ्चालक गौरव शारडा तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी […]
राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको प्रसिद्ध धार्मिक स्थल डाक्नेश्वरी मन्दिरमा पूजाआजा गरी आफ्नो चुनावी अभियानको शुभारम्भ गरेका छन् । सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराए पश्चात् बुधबार डाक्नेश्वरी नगरपालिका स्थित प्रसिद्ध मन्दिरमा उनलेे पूजाआजा गरेका हुन् । पार्टीका नेताहरू रेणु कुमारी यादव, शैलेन्द्र प्रसाद साह, विष्णुपुर […]
काठमाडौं– काठमाडौं- काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका लेनिन बिष्टले द्वन्द्वकालका पीडितले न्याय नपाएकोदेखि सहकारी पीडितले न्याय नपाएको भन्दै प्रश्न गरेका छन् । उनले जेन-जी आन्दोलनको हाइज्याक भएको र विचौलियाहरू सत्तामा पुगेको भन्दै लुटेरा सम्मानित भएको र इमान्दारहरू शंकाको घेरामा परेको भन्दै प्रश्न गरेका छन् । ‘किन द्वन्द्वकालका पीडितहरू […]
सूचनाको प्रयोग समझदारीपत्रअनुसार मात्र गर्ने, कार्यान्वयनका लागि सम्पर्क अधिकारी तोक्ने, सुरूमा तोकिएका वस्तुमा नमूनाका रूपमा लागु गरी पछि सबै वस्तुमा विस्तार गर्ने व्यवस्था गरिएको छ।
काठमाडौं। विशेष अदालतले पूर्व सचिव डा. संगीता कौशल मिश्रालाई भ्रष्टाचार मुद्दामा ५ लाख रुपैयाँ धरौटीमा थुनाबाहिरै बसेर मुद्दा लड्न अनुमति दिएको छ। न्यायाधीशहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ, विदुर कोइरालाको इजलासले पदीय जिम्मेवारी र भूमिकालाई मध्यनजर गर्दै बुधबार पुर्पक्षका लागि धरौटी माग गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्राविरुद्ध १४ करोड ६ लाख ८५ हजार रुपैयाँ […]
कप्तान इन्दु बर्माको ३९ रन अनि उपकप्तान पूजा महतोको अविजित ६२ रनको इनिङ्स। इन्दुका लागि यो इनिङ्स सामान्य रहे पनि पूजाका लागि भने महत्त्वपूर्ण थियो। ५ फेब्रुअरी २०२५ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा भएको नेपाल, थाइल्यान्ड र नेदरल्यान्ड्ससम्मिलित त्रिदेशीय शृंखलाअन्तर्गत अन्तिम खेलमा २० वर्षे पूजाले आफ्नो करिअरको दोस्रो अर्धशतकसँगै नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक जित दिलाउने अवसर बनाएकी थिइन्। […]