चितवनको माडीमा राम मन्दिर बनाउन प्रदेश सरकारको चासो

चितवन : माडीस्थित अयोध्यापुरीमा राम मन्दिर बनाउनेबारे वाग्मती प्रदेश सरकारले चासो लिएको छ। यस विषयमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित, पुरातत्व विभाग र पर्यटन मन्त्रालयका उच्च अधिकारीको बीचमा बृहत छलफल भएको छ। छलफलका क्रममा राम मन्दिरको वास्तुकलाबारे प्रस्तुति पनि भएको छ।  प्रदेश सरकार र संघीय सरकारले संयुक्त रुपमा राममन्दिर निर्माण गर्ने र अन्य अध्ययन पनि सँगैसँगै अगाडि बढाउने तयारी गरेका छन्।जतिसक्दो चाँडो टेन्डर गरेर राम मन्दिर निर्माण गर्ने र सँगसँगै धाम बनाउने व