बाँसुरी बजाएरै मन्त्रमुग्ध पार्ने 'भगवान्' श्रीकृष्ण (भिडियाे)

आज कृष्ण जन्माष्टमी, हिन्दु धर्मावलम्बीले भगवान श्रीकृष्णको पूजा आराधना गर्दै कृष्ण जन्माष्टमी अर्थात कृष्णको जन्मदिवस मनाउने गर्छन् ।

सम्बन्धित सामग्री

कलियुगका राधा–कृष्णहरू ! [तस्वीरहरू]

काठमाडौं । पहेंलो रङको पहिरन । हातमा बाँसुरी । टाउकोमा मयूरको प्वाँख राखिएको मुकुट । आज काठमाडौंका विभिन्न घरमा बालकहरू यस्तै पहिरनमा देखिए । टेलिसिरियलमा ‘भगवान कृष्ण’ पात्रले लगाउने गरेको पहिरन हो यो । बालकहरू भगवान कृष्णको पहिरनमा सजिँदा बालिकाहरू भने राधाको भेषभूषामा थिए । अर्थात् कलियुगका 'राधा-कृष्ण'हरू द्वापरयुगका राधा-कृष्णको भेषभूषामा थिए ।  बालबालिकाहरू कृष्ण–राधाको पहिरनमा सजिनुको कारण हो– ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व । आज भाद्र कृष्ण अष्टमीमा यो पर्व देशभर धुमधामसँग मनाइएको छ ।  पर्वको अघिल्लो दिन हिजो विद्यालयहरूमा कतिपय बालबालिकाहरूले पनि यही पहिरन लगाएका थिए । काठमाडौंको शंखमुलस्थित सहारा नेसनल स्कुल, कुलेश्वरस्थित नवनीत टड्लर्स जोन विद्यालयले हिजो राधा-कृष्णको पहिरनमा आएका विद्यार्थीहरूको तस्वीर खिचेको थियो ।

वर्तमान सन्दर्भमा जन्माष्टमीको अर्थ

आज कृष्ण जन्माष्टमी । हिन्दु धर्ममा भगवान् श्रीकृष्णको विशेष महत्त्व छ । श्याम वर्णका अत्यन्तै प्रभावशाली व्यक्तित्वका धनी श्रीकृष्ण बाँसुरी बजाएर सारा जगत मन्त्रमुग्ध पार्दथे । उनको मुस्कानमा हर्ष, मनको सौन्दर्य र सौम्यको अद्भुत सङ्गम पाइन्छ ।कालो, घुम्रिएको कपालमा मयूरको प्वाँख सजिएको हुन्छ । यो आकर्षक व्यक्तिले सारा जगतलाई मोहनी लगाएको छ । श्रीकृष्णलाई गोविन्द, कान्हा, कन्हैया, मुरली मनोहर, श्यामसुन्दर, मखनचोर इत्यादि विभिन्न नामले पुकारिन्छ । कृष्णको नाम कृष अर्थात् कर्षण शब्दबाट बनेको

यस्तो छ श्रीकृष्ण जन्माष्टमीको महत्त्व

सविना नेपाल  हरेक वर्षको भाद्र महिनाको कृष्णपक्षको अष्टमी तिथिमा श्रीकृष्णाष्टमी पर्व मनाइन्छ । द्वापरयुगको अन्त्यमाभाद्र महिनाको कृष्णपक्षको अष्टमी तिथि, रोहिणी नक्षत्रको दिन पिता वसुदेव र माता देवकीको गर्भबाट भगवान् श्रीकृष्णको यस धराधाममा प्राकट्य भएको थियो । नन्दनन्दन भगवान् श्रीकृष्णलाई काले, श्यामसुन्दर, मख्खन चोर, कन्हैया, मुरलीमनोहर इत्यादि नामले पनि चिनिन्छ । यिनी बहुतै चञ्चल र बदमास स्वभावका थिए त्यति हुँदाहुँदै पनि सबैका प्रिय थिए । यिनको बाँसुरी सुनेर सबै प्राणीहरू मन्त्रमुग्ध हुन्थे । यिनमा एउटा विच...