राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरू गर्नुभएको छ । भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि आज (शुक्रवार) साँझ ५ बजेसम्म प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गर्नुभएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिमको प्रतिनिधिसभाका सदस्यलाई आह्वान भएको हो । संविधानको धारा ७६ को उपधारा २ मा उपधारा १ बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख छ । संविधानको धारा ७६ को उपधारा ५ मा उपधारा ३ बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा २ बमोजिमको कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख छ । तर, त्यसरी नियुक्त भएको प्रधानमन्त्रीले पुनः सोही धाराको उपधारा ४ बमोजिम विश्वासको मत लिनुपर्ने प्रावधान छ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम पनि बहुमतको सरकार गठन हुन नसकेमा वा नियुक्त भएको प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानअनुसार संसद् विघटन हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ७६ को उपधारा ७ मा उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महीनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्न सक्ने भनिएको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संविधानको धारा ७६ (५) को प्रावधानअनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । अघिल्लो हप्ता मात्रै संविधानको धारा ७६ (३) अनुसार ओली प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । विश्वासको मत नलिने र संवैधानिक व्यवस्थाअनुसार नै अर्को सरकार गठन गर्ने दिशामा अघि बढ्ने निर्णय सरकारले गरेको थियो । संसद् विघटनको तयारी : विपक्ष प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्रले नयाँ प्रधानमन्त्री चयन प्रक्रिया असंवैधानिक भएको र संसद् विघटनको तयारीमा सरकार–राष्ट्रपति लागेको बताएका छन् । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामासमेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत भएको बताए । राष्ट्रपतिले दिएको समयसीमा पनि हास्यास्पद भएको उनले बताए । ‘नयाँ सरकार गठनजस्तो गम्भीर विषयमा केही घण्टाको अवधि तोकिनु आश्चर्यको विषय छ । छलफल गरेर थप कदम चाल्नेछौं,’ खाँडले भने । त्यस्तै, नेकपा (माओवादी केन्द)ले नयाँ सरकार गठनका लागि सीधै संविधानको धारा ७६ (५) प्रयोग गर्नुलाई संसद् विघटन गर्ने तयारी भएको बताएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले धारा ७६(३)को सरकारले उपधारा ४ प्रयोग गर्नुपर्नेमा त्यो प्रयोग नगरीकनै एकैचोटि उपधारा ५ मा जानु गलत भएको बताए । उपधारा ५ अनुसार पनि नयाँ सरकार गठन गर्न निकै छोटो समय दिनुको उद्देश्य नयाँ सरकार गठन नगर्नु नै रहेको उनको दाबी छ । राष्ट्रपति गलत बाटोमा : संविधानविद् संविधानविद् भीर्माजुन आचार्यले राष्ट्रपति भण्डारी गलत बाटोमा उन्मुख भएको प्रतिक्रिया दिएका छन् । उनले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनुपूर्व नयाँ सरकार गठनको आह्वान गर्न सक्ने संवैधानिक अधिकार राष्ट्रपतिलाई नभएको दाबीसमेत गरेका छन् । ‘विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनुपूर्व नयाँ सरकार गठनको आह्वान गर्न सक्ने संवैधानिक व्यवस्था छैन,’ उनले ट्वीटरमा लेखेका छन्, ‘राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभएसम्म अर्को सरकार गठनको सिफारिश हुन सक्दैन । नियत नै ७६(३) को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखियो ।’

सम्बन्धित सामग्री

प्रधानमन्त्रीमा दाबी पेश गरेका प्रचण्डलाई क–कसको समर्थन ?(हस्ताक्षरसहित)

काठमाडौं : नेकपा माओवादी केन्द्रले बहुमत सांसदको हस्ताक्षरसहित सरकारको नेतृत्वमा दाबी पेश गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १६९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकारको नेतृत्वका लागि दाबी पेश गरेका हुन्। माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन पेश गरेका छन्। साथै स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, किरणकुमार साह र प्रभु साहले पनि समर्थन ग

राष्ट्रपतिसमक्ष प्रचण्डले पेश गरे प्रधानमन्त्रीमा दाबी

काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । दाहालले ७ दलको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् । दाहाललाई १६६ सांसदको समर्थन रहेको छ । सरकार बनाउन बहुमतका लागि १३८ सीट आवश्यक पर्छ । एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय […]

प्रधानमन्त्रीमा दाबी पेश गर्न प्रचण्ड शितल निवास पुगे

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा दाबी पेश गर्न राष्ट्रपति भवन शितल निवास पुगेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटामा बसेको बैठकमा प्रचण्डलाई आधा कार्यकाल प्रधानमन्त्री दिने सहमति भएको थियो।

प्रधानमन्त्रीका लागि प्रचण्डले राष्ट्रपति समक्ष पेश गरे दाबी

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गरेका छन्। आइतवार साँझ एमालेसहित १६६ सांसदको समर्थनमा प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन्। प्रचण्ड नेतृत्वको गठबन्धनलाई राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टीको पनि साथ रहेको छ। राष्ट्रपति…

प्रधानमन्त्रीमा दाबी पेश गर्न एक दिन बाँकी छँदा देउवाले बोलाए सांसदहरुको भेला

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटारमा सांसदहरुको भेला बोलाएका छन्। कांग्रेसका सांसदहरुको भेला अहिले १२:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुँदैछ। प्रधानमन्त्रीमा दाबी पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि अपराह्न ५ बजेसम्मको म्याद दिएकी छन्। तर, गठबन्धनमा सहमति जुटेको छैन। त्यसैकारण यो भेला हुन लागेको बताइएको छ। देउवा र…

प्रधानमन्त्रीमा दाबी पेश गर्न सात दिनको समय

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि आह्वान गरेकी छन् । राष्ट्रपतिको कार्यालयबाट आइतबार जारी विज्ञप्तिमा प्रधानमन्त्री नियुक्तका लागि यही पुस १० गते आइतबार अपराह्न ५ बजेभित्र दावी पेश गर्न राष्ट्रपतिबाट आह्वान भएको उल्लेख छ । निर्वाचन आयोगबाट प्रतिनिधिसभा सदस्य […]

प्रधानमन्त्रीमा कांग्रेसको दाबी, ओली र प्रचण्ड पनि नेतृत्व लिने कसरतमा

काठमाडौं : नयाँ सरकारको नेतृत्वमा प्रधानमन्त्रीका लागि कांग्रेसले दाबी गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै कांग्रेसले प्रधानमन्त्रीमा दाबी पेश गर्ने जनाएको हो। कांग्रेस केन्द्रीय सम्पादन समितिको आइतवार बसेको बैठकले आफ्नै नेतृत्वमा सरकारको दाबी गर्ने निर्णय गरेको हो। 'प्रतिनिधि…

प्रधानमन्त्रीमा दाबी पेश गर्न शितलनिवास पुगे ओली

प्रधानमन्त्रीको दाबी पेश गर्न एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति निवास महाराजगञ्ज पुगेका छन्।