काठमाण्डाै - नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको सरकार छाडेर एकताका लागि आउन बामपन्थी राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको छ ।
शनिवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बामपन्थी एकताका लागि ओलीलाई आग्रह गर्नुभएको थियो । त्यसको जवाफ दिँदै ओलीले कांग्रेस नेतृत्वको सरकार छाडेर आएमात्रै बामपन्थी दलहरुबीच एकताका लागि आफू र आफ्नो पार्टी तयार हुने बताउनु भएकाे हाे ।
अध्यक्ष ओलीले कम्युनिस्ट नेतृत्वको सरकार ढालेर हि...