वालिङमा ‘जनस्वास्थ्य विपद्’ घोषणा

स्याङ्जाको वालिङ नगरपालिकाले एक साताका लागि ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा गरेको छ। नयाँ भेरियन्ट कोभिड –१९ को सङ्क्रमण समुदायस्तरमा देखिँदै गएकाले  रोकथाम तथा नियन्त्रणका लागि  सो घोषणा गरिएको हो।