कर्णाली । कर्णाली प्रदेश लोकसेवा आयोग सुर्खेतले अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिबाट लिखित नतिजा प्रकाशन गरेको छ ।आयोगका सचिव भूपेन्द्र थापाले पहिलोपटक ओएमआर प्रविधिबाट आयोगले यही जेठ १८ गते बुधबार लिखित नतिजा प्रकाशन गरेको राससलाई जानकारी दिए। उनका अनुसार आयोगले गत वैशाख १० गते विविध सेवाअन्तर्गत खुला तथा समावेशी सहायकस्तर पाँचौँ तहको महिला विकास निरीक्षक पदको प्रथम चरणको परीक्षा लिएको थियो ।