काठमाण्डाै – अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेस भएसँगै काठमाण्डौमा आन्दोलन झनै चर्किएको छ ।
आज आइतवार बिहान १० बजेदेखि नै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलका भातृ सङ्गठनले नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए । एमसीसी सम्झौता पेस भएपछि आन्दोलन झनै उग्र भएको छ ।
प्रहरीले प्रदर्शनकारीलाई लखेटेर बिजुली बजार पुर्याए पनि फेरि उनीहरू बानेश्वरतर्फ गइरहेका छन् । प्रहरीले रबरको गाेलीसमेत चलाएको छ । प्रदर्शनका क्रममा माअोवादी निकट अखिल क्रान्तिकारीकी...