डेंगु संक्रमितको संख्या बढ्दै

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर डेंगुको संक्रमण तीब्र रुपमा देखिएको छ । उपत्यकामा फाट्ट फुट्ट रुपमा देखिएको डेंगु पछिलो केही दिनमा तीब्र रुपमा फैलिएको छ । सुनसरीको धरानबासीलाई अस्तव्यस्त बनाएको डेंगु पूर्वी देशभर फैलिदै गएको छ । काठमाडौं उपत्यकामा समेत डेंगु संक्रमितको संख्या बढ्न थालेकाले सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन । मनसुन सुरु भएसँगै […]

सम्बन्धित सामग्री

काठमाडौंमा डेंगुका बिरामी बढ्दै

काठमाडौं । मनसुन रोकीएसँगै काठमाडौं उपत्यकामा डेंगुका बिरामी बढ्दै गएका छन् । उपत्यकाका अधिकांश अस्पतालमा डेंगुको जटिलताबाट भर्ना हुने बिरामी संख्या बढ्दै गएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका शंकास्पद बिरामीको भिड लाग्ने गरेको छ । अन्य अस्पताल र प्रयोगशालामासमेत डेंगु संक्रमण पुष्टि भएपछि टेकु आकस्मिक कक्षमा भर्ना हुने चाप बढ्दै गएको […]

तनहुँमा २५ सय १२ लाई डेंगु, व्यासमा मात्रै २२ सय १८

तनहुँमा डेंगु संक्रमितको संख्या बढ्दै गएपछि टोलटोलमा सचेतनामूलक कार्यक्रम सुरु गरिएको छ । पछिल्लो समय व्यास नगरपालिकाको विभिन्न वडाहरूमा डेंगुको महामारी फैलँदै गएपछि चिकित्सकसहितको टोली घरघरमा पुगेर डेंगुबाट बच्ने उपायबारे जानकारी...

चन्द्रपुरमा डेंगुका बिरामी बढे

चन्द्रनिगाहपुर : रौतहटमा डेंगुका बिरामी बढेका छन्। जिल्लाको चन्द्रपुर नगरक्षेत्रमा डेंगुका बिरामीको संख्या बढेको छ।स्थानीयले चन्द्रपुर नगरपालिकाले लामखुट्टे विरुद्धको औषधि समयमा नछर्किएका कारण डेंगुका बिरामीको संख्या बढेको चिकित्सकहरू बताउँछन्।चन्द्रनिगाहपुर सरकारी अस्पतालमा गत एक सातामा १२ जना डेंगुका बिरामी फेला परेको प्रमुख डाक्टर अभिनन्दन श्रीवास्तवले बताएका छन्। यो संख्या बढ्दै जान सक्ने उनले बताए।यता चन्द्रनिगाहपुरमा रहेको सिम्स अस्पताल प्रालिमा पनि एक सातामा २० जनाभन्दा बढीमा डेंगु रोग दे

देशभर डेंगु संक्रमितको संख्या बढ्दै

काठमाडौं – नेपालमा डेंगुका बिरामी दिनहुँ बढ्दै गएका छन्। पछिल्लो दुई हप्तामा मात्र दुई हजारभन्दा बढी जनामा डेंगु पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दुई साताअघि असार २५ गते सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुसयता एक हजार एक सय ९२ जना बिरामी फेला परेकोमा असार २५ देखि साउन ५ गतेसम्म दुई हजारभन्दा बढी […]

सिन्धुलीमा डेंगु संक्रमितकाे संख्या १ सय ३३ पुग्याे

सिन्धुली । सिन्धुलीमा डेंगु संक्रमितकाे संख्या १ सय ३३ जना पुगेकाे छ । डेंगु संक्रमणको संख्या बढ्दै गएको समयमा सोही तथ्यांक सार्वजनिक भएको हो । सिन्धुलीमा जाडाेयाम सुरु भैसक्दा समेत लामखुट्टेको टोकाई कायम रहदा संक्रमण घटन नसकेको हो । गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा डेंगु संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालय सिनधुलीले जनाएको छ ।सिन्धुलीमा […]

कोरोनापछि डेंगु हुँदा स्वास्थ्यमा थप समस्या

काठमाडौं । नेपालमा डेंगु संक्रमणको संख्या बढ्दै गएपनि उपचारका लागि अस्पतालमा आउनेहरुको संख्या घट्न थालेको छ । दैनिक जसो ५ सय बढी डेंगु संक्रमित भएपनि भर्ना हुने संख्यामा कमी आएको छ । त्यस्तै, डेंगु संक्रमित भएकाहरुलाई पोष्ट डेंगुमा स्वास्थ्य समस्या देखिएको पाइएको छ । डेंगु संक्रमण निको भैसकेपछि पनि बिरामी पुरानो स्वास्थ्य अवस्थामा फर्कन धेरै […]

डेंगुबाट बच्न लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान चलाऔँ : डा. बास्तोला

नेपालमा डेंगुका बिरामीको संख्या बढ्दै गएको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा मात्रै दैनिक ६० जना ज्वरोका बिरामी पुग्ने गरेका छन् । अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार २१ जना डेंगुका बिरामी भर्ना भएका छन् ।इडीसीडीका अनुसार काठमाडौं उपत्यकामा २२५ भन्दा धेरै डेंगुका बिरामी पुष्टि भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत पुस महिना यता  १३ सय जना भन्दा बढीमा डेंगु पुष्टि भएको छ । रुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका अनुसार १० हजारलाई डेंगु संक्रमण हुँदा ए

रुपन्देहीमा डेंगु रोगी बढ्दै

रुपन्देहीमा दैनिक रूपमा डेंगु संक्रमितको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले हालसम्म जिल्लामा २६९ जना डेगुका रोगी भेटिएको बताए । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।डेंगुका रोगी बढेपछि बुटवलमा डेंगु नियन्त्रण अभियान सुरु गरिएको छ । जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयंसेविकाको सहभागितामा खोज तथा नष्ट अभियान सुरु भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलर