अध्यादेश बजेट प्रतिस्थापन गर्न अर्थमन्त्रीले थाले छलफल

काठमाडौं । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न अर्थमन्त्री जनार्दन शर्माले सक्रियता बढाएका छन् । यसै क्रममा बिहीवार मन्त्री शर्माको अगुवाइमा अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयका सचिवहरूको बैठक आयोजना गरी प्रतिस्थापन विधेयकका सम्बन्धमा सुझाव संकलन गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकका प्राथमिकताबारे प्रकाश पार्दै विद्यमान अर्थतन्त्रलाई उत्पादनमुखी दिशातर्पm सोझ्याउने गरी कार्यक्रम परिमार्जन गरेर पठाउन निर्देशन दिए । अध्यादेश बजेट परिमार्जन गर्दा संघीयताको व्यावहारिक कार्यान्वयनलाई बल पुग्ने, वित्तीय अनुशासन कायम गर्ने तथा पूँजीगत खर्च बढाउने र पूँजी निर्माण गर्ने खालका कार्यक्रमहरूमा जोड दिनुपर्ने उनको भनाइ छ । गरीबी घटाउने र रोजगारी बढाउने, सहज स्वास्थ्य सेवाको उपलब्धता, शिक्षा, कृषि र पर्यटनलगायतलाई प्राथमिकतामा राखेर परिमार्जन प्रस्ताव पठाउन विभिन्न मन्त्रालयलाई मन्त्री शर्माले निर्देशन दिए । मन्त्री शर्माले राष्ट्रिय गौरवका आयोजनाहरूको पुनःपरिभाषा र पुनर्तालिकीकरण, थन्किएर रहेको राज्यको सम्पत्ति र विभिन्न कोषको एकीकृत परिचालनमा उचित ध्यान दिने समेत बताए । योजना र बजेटको तालमेल मिलाइने र डीपीआरलगायत पूर्वतयारीविनाका र स्रोत सुनिश्चित नभएका आयोजनाहरूको सम्बन्धमा पुनर्विचार गरिने जानकारीसमेत दिए । उनका अनुसार सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रहरूलाई ध्यान दिई आआप्mनो मन्त्रालयको बजेट तथा कार्यक्रम परिमार्जन गरी शुक्रवारसम्म अर्थ मन्त्रालयमा विभागीय अधिकारीहरूले पठाइसक्नुपर्नेछ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले चलिरहेको संसद् विघटन गरेर गत जेठ १५ मा अध्यादेशमार्फत चालू बजेट ल्याएको थियो । त्यसलगत्तै सर्वोच्चको परमादेशबाट तत्कालीन सरकार विघटन भई शेरबहादुर देउवा नेतृत्वमा सरकार बन्यो । वर्तमान सरकारले अघिल्लो सरकारको बजेट कार्यान्वयनमा भन्दा पनि परिमार्जनमा जोड दिइरहेको छ । अर्थमन्त्री शर्माले केही दिनपहिले देशको यथार्थपत्र नामक प्रतिवेदन सार्वजनिक गर्दै अर्थतन्त्रको अवस्था सन्तोषजनक नरहेको बताएका थिए । मन्त्री शर्माको अगुवाइमा भएको बिहीवारको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले पूँजीगत खर्च बढाउन ‘रेगुलर ट्र्याकिङ सिस्टम’ को अवधारणामा काम गर्न सुझाव दिए । उनले सरकारी स्वामित्वमा रहेका नेपाल एयरलाइन्ससहितका कैयौं सार्वजनिक संस्थान प्रतिफलमुखी हुनुको साटो ‘परजीवी’ जस्ता भएर उल्टै सरकारमाथि दायित्व थपिरहेकाले तिनका सम्बन्धमा नयाँ नीति अघि सार्नुपर्ने धारणा राखे । अर्थसचिव मधुकुमार मरासिनीले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गैरबजेटरी खर्चसमेत गर्नुपर्ने बाध्यता आइलागेको भन्दै त्यसको परिपूर्तिका लागि रकम बचत हुने गरी कार्यक्रम परिमार्जन गरेर ल्याउन आग्रह गरे । उनले तत्काल सम्पन्न नगरी नहुने आयोजनाबाहेक अन्य आयोजनालाई थाँती राखेरै भए पनि कोभिड–१९ महामारीविरुद्ध लड्नुपर्ने अवस्था आएकाले सबै मन्त्रालयको त्यसतर्फ गम्भीरतापूर्वक ध्यान जाने विश्वास व्यक्त गरे । बैठकमा राष्ट्रिय योजना आयोगलगायत विभिन्न मन्त्रालयका सचिवहरूले सरकारको प्राथमिकताबमोजिम बजेट तथा कार्यक्रम परिमार्जन गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका थिए । उनीहरूले हरेक वर्ष जारी हुने मितव्ययितासम्बन्धी निर्देशिका कडाइका साथ पालना गर्नुपर्ने, अर्बाैं बजेट खर्च भइरहेका विदेशस्थित कूटनीतिक नियोगहरूका सम्बन्धमा पुनर्विचार गर्नुपर्ने, चालू खर्चमा अनावश्यक भार थपिरहेका विभिन्न विभाग, संरचना तथा घाटामा रहेका सार्वजनिक संस्थानहरू खारेज गर्नुपर्ने, ससाना टुक्रे आयोजनाहरूमा समेत संघीय सरकारबाट बजेट विनियोजन गर्ने प्रचलन अन्त्य गरी प्रदेश र स्थानीय तहमा पठाइदिनुपर्ने, प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउन समायोजन विधेयक तत्काल अघि बढाउनुपर्ने, शहरी विकास र भौतिक पूर्वाधारको क्षेत्रमा भइरहेको डुप्लिकेशन अन्त्य हुनुपर्नेलगायत दर्जनौं सुझावहरू दिए ।

सम्बन्धित सामग्री

आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने बजेट आउँछ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट आयात प्रतिस्थापन गर्न आन्तरिक उत्पादन बढाउनेतर्फ केन्द्रीत हुने जानकारी दिएको छन् । उनले आज प्रतिनिधि संसदमा विनियोजन विधेयक पेस गर्दै आयात प्रतिस्थापन गर्नतर्फ आगामी वर्षको बजेट केन्द्रीत हुने जानकारी दिए ।पछिल्ला वर्षहरूमा नेपालको व्यापारघाटा निरन्तर बढ्दै जाँदा र आन्तरिक उत्पादन अपेक्षाअनुसार बढ्न नसक्दा देशको अर्थतन्त्रमा चूनौति खडा भएको उनको भनाई छ । सोही कारण, आगामी आर्थिक वर्षको बजेटले आन्तरिक उत्पादनलाई बढाउँदै आयात प्रतिस्थापन गर्ने ल

लुम्बिनीमा प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याइँदै

लुम्बिनी प्रदेश सरकारले आज (बुधवार) प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउँदैछ । पूर्ववर्ती सरकारले ल्याएको बजेट विस्थापित गरी नयाँ बजेट ल्याउन लागेको हो ।  बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७८/०७९ को प्रदेश सरकारको बजेट आज १ बजे सदनबाट पारित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले जानकारी दिए ।  अघिल्लो सरकारले ४० अर्बको बजेट ल्याएको थियो । नयाँ बजेट पनि त्यति नै आकारको हुुने खड्काले बताए । अघिल्लो प्रदेश सरकारले लिएको बजेटसम्बन्धी अध्यादेश...

बजेट प्रतिस्थापन विधेयकको सशक्त विरोध गर्नुपर्छ : पौडेल

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकको सशक्त विरोध गर्नुपर्ने बताएका छन् । आज (आइतबार) नेकपा एमाले संसदीय दलको बैठकमा पौडेलले आफूले ल्याएको बजेटका महत्त्वपूर्ण आयोजना कटौती गरिएको भन्दै आपत्ति जनाएका हुन् । बजेट प्रतिस्थापन विधेयक ल्याई वर्तमान अर्थमन्त्री जनार्दन शर्माले १४ सय वटा सडक आयोजनाको बजेट […]

सरकारले छापामार शैलीमा प्रतिस्थापन बजेट ल्यायो : एमाले

नेकपा एमालेले सरकारले छापामार शैलीमा प्रतिस्थापन बजेट ल्याएको बताएको छ ।  शनिवार बसेको स्थायी कमिटीको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले बलमिच्याइँ गरेर प्रतिस्थापन बजेट ल्याएको बताए ।  ‘अघिल्लो सरकारले समावेश गरेका लोकप्रिय कार्यक्रमहरू कटौती गर्ने काम भएको छ,’ उनले भने, ‘हचुवाका भरमा नयाँ आयोजनाहरू समावेश गरिएको छ ।’ यससम्बन्धी आपत्ति र विमति रहेको जनाउँदै भट्टराईले पार्टीले आधिकारिकता धारणा चाँडै सार्वजनिक गर्ने जानकारी दिए ।

विरोधकाबीच बजेट प्रतिस्थापन विधेयक पेस

प्रतिनिधिसभा बैठकमा बजेट प्रतिस्थापन विधेयक पेस भएको छ। नेकपा एमालेका सांसदहरुको नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापना विधेयक पेस गरेका हुन्।  यसअघिको सरकारले पेस गरेको विनियोजन अध्यादेश प्रतिस्थापन गर्न विधेयक पेस...

संसदमा बजेट प्रतिस्थापन विधेयक पेस हुँदै

प्रतिनिधिसभा बैठकमा बजेट प्रतिस्थापन विधेयक पेस हुने भएको छ। १५ मिनेटपछि बस्ने बैठकमा विनियोजन अध्यादेश प्रतिस्थापन विधेयक पेस गर्न लागिएको हो। अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेश गर्नेछन्। यसअघि केपी शर्मा ओली नेतृत्वको...

बजेट प्रतिस्थापन विधेयक शुक्रबार

सरकारले शुक्रबार संसद्मा बजेट प्रतिस्थापन विधेयक पेस गर्ने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोध नभए केही नयाँ कार्यक्रमसहित शुक्रबार संसद्मा बजेट प्रतिस्थापन विधेयक पेस गरिने अर्थ मन्त्रालयका एक अधिकारीले बताए ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा भने एमालेका सांसदहरूले नाराबाजी गर्दै अवरोध पु¥याएका थिए । आगामी बैठकमा पनि एमालेको अवरोध कायम नै रहन […]

बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश हुँदै

काठमाडौं, भदौ २३ । सरकारले बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार अघिल्लो सरकारले अध्यादेशमार्फत चालू आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेट प्रतिस्थापन गर्न विधेयक संसद्मा पेश गर्न लागेको हो । प्रतिपक्षको अवरोध नभए भदौ २४ (बिहीवार) नै उक्त विधेयक संसद्मा पेश गर्ने तयारी अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् […]

बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश हुँदै

सरकारले बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार अघिल्लो सरकारले अध्यादेशमार्फत चालू आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेट प्रतिस्थापन गर्न विधेयक संसद्मा पेश गर्न लागेको हो ।प्रतिपक्षको अवरोध नभए भदौ २४ (बिहीवार) नै उक्त विधेयक संसद्मा पेश गर्ने तयारी अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् । मन्त्रालय स्रोतका अनुसार पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न विधेयक तयारी अवस्थामा राखिएको छ । अध्यादेशमा उल्लिखित बजेटको आकारसमेत प्रतिस्थापन

बजेट प्रतिस्थापन गलपासो नबनोस्

अध्यादेशबाट जारी बजेटहरू : हाम्रो मुलुकमा सरकार परिवर्तन भएसँगै बजेट पनि प्रतिस्थापन हुने चर्चा चलिरहेको छ । ०५२ सालदेखि हालसम्म नौपटक अध्यादेशमार्फत बजेट जारी भइसकेको छ । ०५२, ०५९, ०६०, ०६१,...