काँग्रेस महामन्त्री गगन थापालाई डेंगु

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई डेंगु भएको छ । ज्वरो आएपछि परीक्षण गर्दा डेंगु पोजेटिभ आएको थापाको सचिवालयले जनाएको छ । उनी अहिले घरमै आराम गरिरहेका छन् ।

सम्बन्धित सामग्री

सत्ता गठबन्धनले आज कोटेश्वरमा चुनावी सभा गर्दै

१ मंसिर, काठमाडौं । सत्तारुढ गठबन्धनले आज काठमाडौंमा चुनावी सभा गर्दैछ । गठबन्धनको काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा आज अन्तिम चुनावी सभा गर्न लागेको हो ।सभा दिउँसो २ बजे कोटेश्वरमा आयोजना गरिएको छ । चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट […]

चुनावमा पूर्वप्रहरीको परीक्षा

काठमाडौं, ६ असोज । यसपटकको चुनावमा उल्लेख्य संख्यामा पूर्वप्रहरीहरु चुनावी मैदानमा देखिने भएका छन् । उनीहरु चुनावमा प्रतिष्पर्धाका लागि तयारीमा लागिसकेका छन् । सशस्त्र प्रहरीका पूर्वएआइजी डा. कृष्णकुमार तामाङले काठमाडौं क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । उनले सामाजिक सञ्जालमा व्यापक प्रचार गरिरहेका छन् । उक्त क्षेत्रबाट काँग्रेस महामन्त्री गगन थापा […]

के गगन थापा चुनावपछि प्रधानमन्त्री बन्न सक्लान्

काठमाडौं, ५ साउन । नेपाली काँग्रेसका महामन्त्री गगन थापा प्रधानमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत हुन थालेका छन् । नेपाली राजनीतिमा लोकप्रीय थापा काँग्रेस महामन्त्री हुँदा लोकप्रीय मतका साथ विजयी भएका थिए । यसकारण पनि उनी यसपटक हौसिएका छन् । थापा काठमाडौं क्षेत्र नं ४ बाट दुई पटक प्रत्यक्ष निर्वाचित भइसकेका छन् । पहिलो संविधानसभामा उनी समानुपातिक […]

जब जनार्दनले गगनले बाख्रा पालन गर्न लिएको अनुदान खोजे...

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले आजसम्म कुनै ‘क्लु’ भेटेको छैन । अर्थ मन्त्रालयसँग छानबिन समितिले जेठ महिनाको सीसीटीभी फुजेट माग्दा अर्थले असार महिनाको दिएर टारिदिएको छ ।यसको पछाडी जनार्दन शर्माले राजीनामा दिनु अगाडी अर्थका अधिकारीहरुलाई दिएको ‘धम्की’ले काम गरेको देखिएको छ । असार २२ गते संसदमा स्पष्टिकरण दिँदै अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्माले आफू पुनः फर्किने र आफूले ल्याएको बजेट नै कार्यान्वयन गर्नुपर्ने भएकाले छानबिन समितिलाई असहयोग गर्न दबाब दिएका थिए ।जब जनार्दनले गगनले बाख्रा पालन गर्न लिएको अनुदान खोजेकरका दरहरु सिमित ब्यापारिक घरानालाई मात्रै पोस्ने गरी फेरबदल गरेको र बजेट भाषणको अघिल्लो दिन विचौलियालाई प्रवेश गराएर करका दरहरु हेरफेर गरेको विषय बाहिरिएपछि जनार्दन शर्मा सत्ता पक्षका सबै नेताहरुले आफ्नो बचाउ गर्नेमा विश्वस्त थिए । तर, प्रतिपक्षीसँगै स्वर मिल्ने गरी काँग्रेस महामन्त्री गगन थापा लगायतका नेताहरुले ‘जनार्दन शर्माले राजीनामा दिनुपर्ने र राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने’ धारणा सार्वजनिक रुपमै राखे ।त्यसपछि जनार्दन शर्माले गगन थापालाई नै कारबाही गर्न सक्ने वा मिडियामा ‘स्टन्ट बाजी’ गर्न सकिने ‘इस्यु’ तत्काल खोज्न आफ्ना मान्छेलाई भने । उनका कार्यकर्ताले त्यहीँ पूरानो बाख्रा पालनमा गगनले लिएको अनुदानको कुरा उक्काउन सकिने सल्लाह दिए ।लगत्तै जनार्दन शर्माले कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई फोन गरेर गगन थापाले बाख्रा पाल्न लिएको अनुदानको सम्पूर्ण विवरण आफूलाई तत्काल उपलब्ध गराउन ठाडो निर्देशन दिए ।यसअघिःजनार्दन प्रकरणः छानबिन समितिले जेठको सीसीटीभी फुटेज माग्दा अर्थले असारको दियो गगनले तत्कालिन समयमा बाख्रा पालनका नाममा के कति अनुदान लिएका थिए र बाख्रा पालन नगरी कसरी त्यो अनुदानको दुरुपयोग गरेका थिए भन्ने कुरा पत्ता लगाउन अर्कोतिर आफ्ना मान्छे पनि खटाए ।न उनले खटाएका मान्छेले गगनले अनुदान लिएर बाख्रा पालन नगरेको पुष्टि गर्न सके, न कृषि सचिवले नै अनुदान लिएको कुनै प्रमाण सहितको रिपोर्ट दिन सके । त्यसपछि गगन थापामाथि ‘बाख्रा पालन प्रकरण’को विषय उक्काएर प्रहार गर्ने जनार्दन शर्माको प्रयास असफल भयो ।यस विषयमा गगन थापाले पनि आफूले बाख्रा पालन गर्न अनुदान नलिएको दाबी गर्न सकेका छैनन् । बरु घुमाउरो गरी गगनले पनि अनुदान लिएको स्वीकार नै गर्दै आएका छन् । काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर केशव स्थापितले पनि बेला बेला कुरा उक्काउने गरेका छन् । जनार्दनकै त्रासले कर्मचारीले प्रमाण दिएनन्अर्थसचिव मधु मरासिनी जनार्दन शर्माले राजीनामा दिँदा बिदामा थिए । अर्थमन्त्रीका रुपमा शर्मा कायम रहेसम्म काममा नफर्किने भनेर बिदामा बसेका मरासिनी जनार्दनले राजीनामा दिएको भोलिपल्ट असार २३ गते नै काममा फर्किए । उनी काममा फर्किएपनि छानबिन समितिलाई सहयोग गरेका छैनन् । कतै न कतै आफू पनि मुछिने डरले उनले छानबिन समितिलाई जेठको भनेर असारको सीसीटीभी फुटेज दिए ।अहिले पनि जनार्दन शर्मा पुनः अर्थमन्त्रीका रुपमा फर्किने भयले कर्मचारीहरु छानबिन समितिलाई असहयोग गरिरहेका छन् ।

पौडेल नेतृत्वको निर्वाचन तयारी समितिको पहिलो बैठक बुधबार

सत्तारुढ गठबन्धनले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा १० सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले काँग्रेस वरिष्ठ नेता पौडेल नेतृत्वमा काँग्रेस महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित गठबन्धनमा सहभागी दलका शीर्ष १० नेता सहभागी समिति बनाएको हो।

आउनुस् एमसीसी सम्झौता कहाँ-कहाँ राष्ट्रघात छ म देखाइदिन्छु : रावल

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले एमसीसी अनुमोदन गर्नेलाई इतिहासले राष्ट्रिय गद्धार अंकित गर्ने बताएका छन् । एमाले अछाम–काठमाडौँ सम्पर्क मञ्चको ११औं सम्मेलनलाई सम्बोधन गर्दै रावलले संसदमा चिच्याएर अनुमोदन गर्दैमा राष्ट्रघात नछोपिने र इतिहासले मूल्यांकन गर्ने बताएका छन् । रावलले संसदमा बहस कहाँ गर्ने भनेर प्रश्न गर्ने काँग्रेस महामन्त्री गगन थापा र एमसीसी […]

सानेपा नजाने गगनको निर्णय फेरियो

राजधानीको एक पार्टी प्यालेसको विजयसभामा सहभागी हुने तय गरेका नवनिर्वाचित काँग्रेस महामन्त्री गगन थापा पार्टी कार्यालयमा पनि जाने भएका छन् । कार्यकर्ताहरूले आग्रह गरेपछि उनीहरुको भावनाको कदर गर्दै थापा पार्टी कार्यालय जान लागेका हुन् । उनले अत्यधिक मत ल्याएर काँग्रेस महामन्त्रीमा विजय हासिल गरेका छन् भने उनको पक्षमा कार्यकर्ताहरूले सानेपामा चर्को नाराबाजी गरेका थिए । महामन्त्रीमा विजयी भएका अर्का नेता विश्वप्रकाश शर्मा पनि सानेपा पुगेका छन् ।