जेठ १०, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ ३१ गते तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले आफ्नै रजिष्टर्ड कार्यालय, लैनचौर, काठमाडौंमा बिहान १० बजेका लागि सभा बोलाएको हो ।
कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभाको प्रस्तावमा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने, कम्पनीको संशोधित प्रवन्धपत्र र नियमावली अभिलेख राख्ने निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सो अनुसार सञ्चालक समितिलाई अख्तियारी दिने रहेको छ ।
सभाको अन्य प्रस्तावमा सञ्चालक समितिको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको प्रवन्धपत्रको उद्देश्यमा सामुहिक लगानी कोष स्थापना गर्ने उद्देश्य थप गर्ने रहेको छ ।