बोर्डबाट ३ कम्पनीले पाए आइपिओको स्वीकृति,  मैलुङखोलाको १४ गतेदेखि खुल्ने

नेपाल धितोपत्र बोर्डबाट ३ कम्पनीले आइपिओ निष्कासनको स्वीकृति पाएका छन्। स्वीकृति पाउने कम्पनीमा एक जीवन बीमा कम्पनी, एक लघुवित्त र एक जलविद्युत कम्पनी छन्।

सम्बन्धित सामग्री

थप तीन कम्पनीले पाए ब्रोकर लाइसेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप तीन कम्पनीलाई धितोपत्र दलाल (ब्रोकर) लाइसेन्स दिएको छ। साउन २४ गतेको बोर्डको निर्णयअनुसार जेबीएनएल सेक्युरिटिज, आरबीबी सेक्युरिटिज र सीबीआईएल सेक्युरिटिज लिमिटेडले ब्रोकर लाइसेन्स पाएका हुन्। यी तीनवटै कम्पनीले सीमित काम गर्ने गरी लाइसेन्स पाएका छन्।

सात नयाँ ब्रोकर कम्पनीले पाए नेप्सेको सदस्यता

काठमाडौं  । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सात ब्रोकर कम्पनीलाई सदस्यता दिएको छ । नेप्से सञ्चालक समितिको बैठकले यसअघि आशयपत्र पाएका कम्पनीलाई सदस्यता दिने निर्णय गरेको हो ।  नेप्सेका सुपरिवेक्षण प्रमुख गिरिराज दाहालले दिएको जानकारीअनुसार भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि, शेयरप्रो सेक्युरिटिज प्रालि र प्रोपर्टी विजार्ड लिमिटेडलाई सदस्यता दिइएको हो । यी कम्पनीले जेठ ८ गते नेप्सेबाट आशयपत्र पाएका थिए । आशयपत्र प्राप्त गरी प्राविधिक रूपमा तयारी अवस्थामा रहेका कम्पनीलाई नेप्सेले सदस्यता दिएको हो । वैधानिक रूपमा कारोबार सञ्चालनका लागि योग्य यी कम्पनीहरूले अझै केही काम गर्न बाँकी रहेको पनि दाहालले जानकारी दिए । ‘अब यी कम्पनीले नेप्सेको कारोबार सञ्चालनका लागि आवश्यक सम्झौता गर्नुपर्नेछ,’ दाहालले भने, ‘त्यसपछि मक ट्रेडिङ गराई कुनै अवरोध नदेखिए नेप्सेले गो लाइभको पत्र दिन्छ ।’ दाहालका अनुसार राफसाफका लागि नयाँ ब्रोकर कम्पनीले सिडिएस एन्ड क्लियरिङ लिमिटेडको सदस्यता लिनुपर्छ । असारभित्रै कारोबार शुरू गर्ने तयारीमा जुटेका यी कम्पनीले बाँकी काम सम्पन्न गरी योजनाअनुरूप कारोबार थाल्न सक्ने दाहालले जानकारी दिए । अब बाँकी काम :      नेपाल स्टक एक्सचेन्जसँग सम्झौता     परीक्षणका लागि मक ट्रेडिङ      सिडिएस एन्ड क्लियरिङ लिमिटेडको सदस्यता सातओटै कम्पनी सीमित कार्य गर्ने ब्रोकर हुन् । नेपाल धितोपत्र बोर्डले पूँजीका आधारमा तीन किसिमको ब्रोकर लाइसेन्स दिएको छ । पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका लागि २० करोड, शेयर खरीदविक्रीसँगै डिपीका रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायराको दोस्रो तहको ब्रोकरका लागि ६० करोड र तेस्रो तहको स्टक डिलरका लागि १ अर्ब ५० करोड चुक्तापूँजी तोकिएको छ ।  बोर्डले ४३ कम्पनीलाई ब्रोकर लाइसेन्सको आशयपत्र दिएकोमा १८ लाई लाइसेन्स दिइसकेको छ । बोर्डबाट लाइसेन्स पाएका १८ कम्पनीमध्ये सातले नेप्सेको सदस्यता पाएका हुन् । थप १० कम्पनीले पनि नेप्सेको सदस्यताका लागि आशयपत्र पाइसकेका छन् । असार १५ गते बसेको नेप्से सञ्चालक समिति बैठकले १० कम्पनीलाई आशयपत्र प्रदान गर्ने निर्णय गरेको हो ।  बोर्डबाट लाइसेन्स प्राप्त गरेको नयाँ ब्रोकर कम्पनी केविएल सेक्युरिटिज लिमिटेड भने पुरानो ब्रोकर कम्पनीसँग मर्जरमा जान लागेकाले नेप्सेको सदस्यता माग्न गएको छैन । हाल सञ्चालनमा रहेको ब्रोकर नम्बर ५० क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज प्राइभेट लिमिटेडसँग मर्जरमा जाने तयारी स्वरूप दुवै कम्पनीले नेपाल धितोपत्र बोर्डसँग मर्जरका लागि अनुमति मागेका छन् । पूँजीका हिसाबमा बलिया कम्पनी बजारमा भित्रिन लाग्दा यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा नियामक निकाय र सरोकारवालाको छ । बोर्डले गत असोज २ देखि ३१ गतेसम्म नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन माग गरेको थियो ।

सात कम्पनीले पाए  ब्रोकर लाइसेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सात नयाँ कम्पनीलाई धितोपत्र व्यवसायी (ब्रोकर) को लाइसेन्स दिएको छ । पहिलो चरणमा ४३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र दिएको सेबोनले सात कम्पनीलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको हो ।  जेठ ८ गते बसेको सञ्चालक समिति बैठकले आशयपत्र प्राप्त गरिसकेका सात कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले जानकारी दिए । आशयपत्र पाएका अन्य कम्पनीको सम्बन्धमा समेत क्रमश: निर्णय गरिने सूचना अधिकारी देवकोटाको भनाइ छ । बोर्डले आशयपत्र प्राप्त गरेका कम्पनीहरूले व्यवसाय सञ्चालनका लागि तयार गरेको पूर्वाधार अवलोकनपछि ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको देवकोटाले स्पष्ट पारेका छन् ।  सात कम्पनी सबैले चुक्ता पूँजीका आधारमा सीमित कार्य गर्ने अनुमति पाएका हुन् । मंगलवार एक कार्यक्रम गरी बोर्डका अध्यक्ष रमेशकुमार हमालले ती कम्पनीलाई लाइसेन्सको प्रमाणपत्र वितरण गरेका छन् । बोर्डले पूँजी संरचनाका आधारमा तीन किसिमको ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो । पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका लागि २० करोड, शेयर किनबेचसँगै डीपीका रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकरको ६० करोड र तेस्रो तहको स्टक डिलरका लागि १ अर्ब ५० करोड चुक्ता पूँजी हुनुपर्ने व्यवस्था बोर्डले गरेको हो ।  गत असोज २ गतेदेखि ३१ गतेसम्म नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन माग गर्दा ४६ कम्पनीले दिएका थिए । ४६ मध्ये ४१ सीमित कार्य गर्ने धितोपत्र दलाल, चार पूर्ण कार्य गर्ने धितोपत्र दलाल तथा एक धितोपत्र व्यापारीका लागि थियो । तीमध्ये एक कम्पनीको योग्यता नपुगेको, एक कम्पनी खारेज भइसकेको र एक कम्पनीले आवेदन फिर्ता लिएको बोर्डले जानकारी दिएको छ । बोर्डले सीमित कार्य गर्ने गरी अनुमति माग गरेको इगल स्टक इक्विटी प्राइभेट लिमिटेडले रीतपूर्वक आवेदन नदिएको बताएको छ । त्यस्तै सीमित कार्य गर्ने गरी आवेदन दिएको एनआईसी एशिया सेक्युरिटिज कम्पनी नै खारेज भएको र पूर्ण कार्य गर्ने गरी आवेदन दिएको सेञ्चुरी स्टक ब्रोकर लिमिटेडले आवेदन फिर्ता लिएको बोर्डको भनाइ छ । यस आधारमा बोर्डले आशयपत्र प्रदान गरेको ४३ कम्पनीमध्ये एक स्टक डिलर, ३९ सीमित कार्य गर्ने र तीन पूर्ण कार्य गर्ने ब्रोकर छन् । बोर्डले ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्रदान गरेका ४३ कम्पनीमध्ये १२ ओटा ‘क’ वर्गका बैंकका सहायक कम्पनी र ३१ अन्य संस्था रहेको बताएको छ ।  पूँजीका हिसाबमा बलिया कम्पनीलाई बजारमा प्रवेश गराउने बोर्डको प्रयासले धितोपत्र बजार थप प्रतिस्पर्धी तथा पारदर्शी हुने, धितोपत्र बजार सेवाको स्तर वृद्धिको साथै सेवा तथा मूल्यमा प्रतिस्पर्धा भई लगानीकर्ता लाभान्वित हुने अपेक्षा गरिएको छ । नयाँ ब्रोकर लाइसेन्स पाएका कम्पनीहरूले चालू आर्थिक वर्षभित्रै सेवा शुरू गर्ने जानकारी दिएका छन् । सन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष कृष्ण गिरीले अब नेपाल स्टक एक्सचेन्जसँग सदस्यता लिएर यसै आवभित्र सेवा शुरू गर्ने जानकारी दिए । उनले नेप्सेकै विद्युतीय कारोबार प्रणाली प्रयोग गर्ने भएकाले नेप्सेले छोटो समयमै कारोबार गर्ने वातावरण बनाइदिए जेठभित्रै सेवा शुरू गर्न सकिने बताए । सीमित कार्य गर्ने ब्रोकरको रूपमा लाइसेन्स पाएकाले सोही बमोजिम लगानीकर्तालाई प्रभावकारी एवं गुणस्तरीय सेवा दिने गिरीको भनाइ छ ।

७ कम्पनीले पाए सेयर ब्रोकरको लाइसेन्स

८ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ७ वटा धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) लाई व्यवसाय सञ्चालन इजाजतपत्र (लाइसेन्स) दिएको छ । सोमबार बसेको बोर्ड सञ्चालक समितिले पूर्वाधार तयार गरेर लाइसेन्स स्वीकृति माग गरेका ७ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको बोर्ड स्रोतले जनाएको छ । पूर्वाधार तयार गरेर लाइसेन्सको लागि आवेदन दिएका ८मध्ये ७ कम्पनीले […]

सात लघु बीमा कम्पनीले पाए लाइसेन्स

११ मंसिर, काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात वटा लघु बीमा कम्पनीलाई सञ्चालन अनुमति दिएको छ । प्राधिकरणले आइतबार तीन वटा जीवन बीमा र चार वटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको हो । लघु जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लाइसेन्स पाए । यस्तै निर्जीवन बीमातर्फ ट्रष्ट […]

थप ६ कम्पनीले पाए भेन्चर क्यापिटलको लाइसेन्स

नेपालका थप ६ कम्पनीले नेपाल धितोपत्र बोर्डबाट भेन्चर क्यापिटलको लाइसेन्स प्राप्त गरेका छन् । एनआईबिएल एस क्यापिटल लिमिटेड, एनएमबी क्यापिटल, एनआईसी एसिया क्यापिटल, प्रभु क्यापिटल लिमिटेड, नबिल इनभेष्टमेन्ट बैकिंग लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले बोर्डबाट भेञ्चर क्यापिटलको रूपमा काम गर्ने गरी अनुमति पाएका हुन् ।  यसअघि धितोपत्र बोर्डले अभ्सार इक्वीटी...

थप २ कम्पनीले पाए आईपीओ निष्कासन गर्न अनुमति

काठमाडौं । थप २ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् । खप्तडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड ३२ लाख रूपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न […] The post थप २ कम्पनीले पाए आईपीओ निष्कासन गर्न अनुमति appeared first on राजधानी राष्ट्रिय दैनिक.

थप २ कम्पनीले पाए आईपीओ निष्कासन गर्न अनुमति

थप २ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् । खप्तडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड ३२ लाख रूपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । इष्टर्नले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ करोड

तोडियो आईपीओ खडेरी, पाँच महिनापछि पाँच कम्पनीले पाए अनुमति

साधारण सेयर (आईपीओ)को खडेरी तोडिएको छ । विगत पाँच महिनादेखि कुनै पनि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएका थिएनन् । बोर्डबाट अन्तिम पटक साउन १४ गते दुई वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका थिए ।त्यसको पाँच महिनापछि पाँचवटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डका तत्कालिन अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सेयरको भित्रि कारोबारमा मुछिएपछि बोर्ड नेतृत्व विहीन थियो । त्यसयता बोर्डको कार्यकारी रुपमा नेतृत्व सम्हाल्दै आएका निरज गिरीलाई सरकाले आईपीओ निष

आइपिओ निष्कासनका लागि बोर्डबाट तीन जलविद्युत कम्पनीले पाए स्वीकृति

प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट तीन कम्पनीले स्वीकृत पाएका छन्। न्यादी हाइड्रोपावर, साहस उर्जा, बुद्धभूमि नेपाल हाइड्रो पावरले आइपिओ निष्कासनका लागि स्वीकृत पाएका हुन्।