सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष शाक्य चेम्बर कार्यसमितिमा मनोनीत

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको रूपमा रहेको नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्यमा मनोनीत भएका छन् । चेम्बरको ८ औं बैठकले शाक्यलाई वस्तुगत संघको तर्फबाट चेम्बर सदस्यमा मनोनीत गरेको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले चेम्बरको विधान अनुरूप शाक्यलाई सदस्यमा मनोनीत गरेको बताए । चेम्बरले कार्य समिति सदस्य मनोनीत गरेकोमा शाक्यले खुशी व्यक्त गरे । आफ्नो तर्फबाट चेम्बरको उद्देश्य पूर्तिका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जना