राहदानी बनाउन युवाको भीड‚ भन्छन्- पेट भर्नकै लागि विदेशिन बाध्य

काठमाडौ :  बिहान १० बजे‚ हातमा कागजपत्रको फाइल हाल्ने प्लाष्टिकको झोलासहित युवाहरु लाइनमा बसिरहेका छन्। आफ्नो पालो कतिबेला आउला भन्दै अगाडि पछाडि हेर्दैछन्। नारायणहिटी दरबारको पश्चिम दिशामा रहेको राहदानी विभागमा यतिबेला विदेश जानका लागि पासपोर्ट बनाउनेको भीड बढ्न थालेको छ। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको निषेधाज्ञा खुकुलो भएसँगै पासपोर्ट बनाउनेको भीड बढ्न थालेको हो। सोही भीडमा सिरहा घर भएका सन्तोष यादव भे