मिडिया अनुगमन गर्न प्रेस काउन्सिलले बनायो सुझाव समिति

प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित मिडिया अनुगमनलाई प्रभावकारी बनाउन नेपाल पत्रकार महासंघ र काउन्सिलका पूर्वअध्यक्ष संलग्न सुझाव समिति गठन गर्ने निर्णय गरेको छ।  काउन्सिलको आइतबार बसेको बोर्ड बैठकले अध्यक्ष बालकृष्ण बस्नेतको...

सम्बन्धित सामग्री

निर्वाचन आयोगले सञ्चारमाध्यमको अनुगमन गर्ने जिम्मा काउन्सिललाई दिने

काठमाण्डाै - निर्वाचन आयोगले सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण हुने सामग्री आचारसंहिता अनुसार भए–नभएको अनुगमन गर्ने जिम्मा प्रेस काउन्सिललाई दिने भएको छ । यसअघि सेना र प्रहरी समेत सहभागी गराएर प्रेस सेन्टर स्थापना गरेर अनुगमन गर्न लागेको आरोप खेपेको आयोगले अनुगमनका लागि काउन्सिललाई लेखी पठाउने निर्णय गरेको हो । आयोगको हिजो बसेको बैठकले पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक, सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता, आमसञ्चारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता समेतलाई सम्मान गर्दै नियमित अनुगमन गर्न काउन्सिललाई लेखी ...

सञ्चारमाध्यमलाई अनुगमन गर्ने आयोगको तयारीप्रति प्रेस सेन्टरको आपत्ति

निर्वाचन आयोगले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्यूरोसमेत रहनेगरी संयन्त्र निर्माण गरेकोप्रति प्रेस सेन्टर नेपालले आपत्ति जनाएको छ । संविधानमा ग्यारेण्टी गरिएको नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रता तथा राज्यको चौंथो अंगको रूपमा सम्मानित  पत्रकारिता जगतमाथि सैन्य वा अन्य कुनै किसिमले अंकुश लगाउने कार्य कुनै पनि लोकतान्त्रिक व्यवस्थामा सम्

निर्वाचन आयाेगले भन्याे– ‘आमसञ्चार माध्यमकाे अनुगमन गर्दैनाैँ’

काठमाण्डाै – निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिता विपरीतका काम भए/नभएको सम्बन्धमा अनुगमन गर्ने भएको छ । आयोगले सामाजिक सञ्जाल र डिजिटल मिडियाहरूको अनुगमन गर्ने उद्देश्य राखेर 'प्रेस अफिस'  स्थापना गरेको हो ।  आज शुक्रवार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रेस अफिसको उद्घाटन गर्नुभयो । प्रेस अफिसको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले याे अफिसले सञ्चारमाध्यमको व्यवस्थापन, सहजीकरण तथा सूचना सम्प्रेषणसम्बन्धी विभिन्न काम गर्ने बताउनुभयो । त्यस्तै चुनावसँग सम्बन्धित कुराहरूको उत्पा...

निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन आयोगको प्रेस अफिसबाट हुने

काठमाडौँ– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन प्रभावकारी बनाउने काम आयोगको प्रेस अफिसबाट हुने बताएका छन् । शुक्रबार आयोगमा प्रेस अफिस उद्घाटन गर्दै थपलियाले सामाजिक सञ्जालको अनुगमन विभिन्न ठाँउबाट गर्नुभन्दा पनि एकीकृत रुपमा प्रेस अफिस अफिसबाटै गरिने बताएका हुन् ।  प्रेस अफिसमा नै सामाजिक सञ्जाल अनुगमन गर्न बिभिन्न निकायका प्रतिनिधिहरूलाई […]

चुनावमा आचारसंहिता पालना भए/नभएकाेबारे प्रेस काउन्सिलले अनुगमन गर्ने

काठमाण्डाै – प्रेस काउन्सिल नेपालले आउँदै वैशाख ३० गते हुने पालिका चुनापमा आचारसंहिता पालना भए/नभएकोबारे अनुगमन गर्ने भएको छ ।  काउन्सिलले आज बुधवार विज्ञप्ति निकालेर आमसञ्चारमाध्यममा आचारसंहिता पालना भए/नभएको अनुगमन गर्नका लागि विशेष अनुगमन कार्यक्रम सञ्चालन गरेको जनाएको हो । निर्वाचन आयोगले आचारसंहिता जारी गरिसकेको अवस्थामा काउन्सिलले पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता पालना भए/नभएकोबारे अनुगमन गर्ने भएको हो ।    चुनावका सन्दर्भमा सूचना तथा समाचार सम्प्रेषण गर्दा गलत समाचार, दुष्प्...

प्रेस काउन्सिलले सञ्चार माध्यममा निर्वाचन आचारसंहितको अनुगमन गर्ने

काठमाडौँ- प्रेस काउन्सिलले सञ्चार माध्यमहरूमा निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएकोबारे अनुगमन गर्ने भएको छ । आचारसंहिताको पूर्ण पालना भए नभएकोबारे अनुगमन गर्न प्रेस काउन्सि र निर्वाचन आयोगबीच आइतबार सम्झौता भएको हो । सम्झौता अनुसार काउन्सिलले छापा, विद्युतीय र अनलाइन सञ्चारमाध्यममा आउने समाचारहरूले निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको अनुगमन गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा […]

प्रेस काउन्सिलले सञ्चार माध्यममा निर्वाचन आचारसंहिताको अनुगमन गर्ने

प्रेस काउन्सिलले सञ्चार माध्यमहरुमा निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएको बारे अनुगमन गर्ने भएको छ । आचारसंहिताको पूर्ण पालना भए नभएको बारे अनुगमन गर्न प्रेस काउन्सिल र निर्वाचन आयोगबीच आइतबार सम्झौता भएको हो । सम्झौता अनुसार काउन्सिलले छापा, विद्युतीय र अनलाइन सञ्चारमाध्यममा आउने समाचारहरूले निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको अनुगमन गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

पाँच महिनामा प्रेस स्वतन्त्रता हननका ३१ घटना

प्रेस काउन्सिल नेपालका अनुसार विगत पाँच महिनामा प्रेस स्वतन्त्रता हननका ३१ वटा घटना भएका छन् । प्रेस काउन्सिल नेपालको प्रेस स्वतन्त्रता अनुगमन शाखामा अभिलेख भएअनुसार २०७८ साउन १ देखि २०७८ मंसिर मसान्तसम्ममा गिरफ्तारीका ५, कब्जा/अवरोधका २, आक्रमणका २, धम्की/दुर्व्यवहारका १२ र पेसागत असुरक्षाका १० घटना भएका छन् ।प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेखअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा १७ वटा घटना भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । यस्तै प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्र