जिल्ला प्रहरी कार्यालय कैलाली एक लाख ४२ हजार नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । सोमबार जिल्लाको धनगढी उप–महानगरपालिका वडा नं. ४ बसपार्कस्थित साल्ट ट्रेडिङ कर्परेसन अगाडि नक्कली मुद्राको कारोबार भइरहेको अबस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।यस्तै उनीहरूको साथबाट बाघको जस्तो देखिने हड्डीह, बैंकका चेकहरु, लुकाइएको जडिबुढी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ पर्नेमा लाल बहादुर साउँद, लिलाधार मिश्र, करन सिंह धामी, मोहन सिंह बोहरा र टेकेन्द्र ध