खोप र होटल बुकको प्रमाणका आधारमा मात्र मनाङ प्रवेश पाइने

मनाङ । कोभिड–१९ को संक्रमणका कारण लामो समयपछि मनाङमा विदेशी पर्यटकले प्रवेश पाएका छन् । पर्यटकलाई प्रवेश दिइने भए पनि मापदण्ड भने पूरा गर्नुपर्नेछ । कोभिड–१९ को संक्रमण पूर्णरूपमा निर्मूल नहुँदै पर्यटकलाई प्रवेश दिइने भए पनि उनीहरूले मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्ने प्रमख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । उनका अनुसार मनाङ प्रवेशका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड तयार पारिएको र पर्यटकले पूर्ण पालना गर्नुपर्छ । सुरक्षा व्यवस्था पनि कडा गरी प्रवेश दिइने उनले बताए । ‘कोभिड पूर्णरूपमा नियन्त्रणमा आएको छैन, संक्रमण कम भएको हो, पूर्णरूपमा निर्मूल भएको होइन, सुरक्षाको मापदण्ड भने पालना गर्नुपर्छ र पर्यटन व्यवसायलाई पनि चलायमान बनाउनुपर्छ,’ प्रजिअ लामिछानेले भने । संक्रमण हुँदाहुँदै पनि थलिएको पर्यटन व्यवसाय चलायमान बनाउने प्रयासमा रहेको उनले बताए । ‘मनाङ प्रवेश नाकाबाट नै सुरक्षाको मापदण्ड पालना, कोभिडविरुद्धको खोप पूर्ण मात्रा लगाएको छ वा छैन जाँच गरी प्रवेश गराउनेछौं, यहाँ आउने विदेशी पर्यटकले होटल बुक गरेको छ वा छैन भनेर जाँचसहित प्रवेश दिनेछौं,’ उनले भने, ‘जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयको बैठकबाट निर्णय पारित गरी विदेशी पर्यटकलाई प्रवेश दिने तयारी गरिएको छ ।’ पर्यटकले कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेको प्रमाण, यहाँका होटलमा बुक गरेको प्रमाण र भ्रमणमा रहेका सबै पर्यटकले कोभिडको लक्षण देखिएमा तुरुन्तै परीक्षण गर्नुपर्नेछ । कोभिड परीक्षणको नतीजा सकारात्मक भएमा आइसोलेशनमा बस्नुपर्नेछ । ट्राभल वा ट्रेकिङ एजेन्सीमार्फत जिल्लामा आउने पर्यटकलाई निर्धारित शर्तको पालना गर्ने/गराउने दायित्व सम्बन्धित एजेन्सीको हुनेछ । सरकारद्वारा जारी गरिएको स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा नगरिएको पाइएमा जिल्ला प्रवेश गर्न दिइनेछैन । सेप्टेम्बरदेखि नोभेम्बरसम्म पर्यटक आउने उपयुक्त समय हो । प्रशासनको स्वीकृति लिएर जिल्लामा पर्यटक प्रवेश गराउने भएपछि अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र जिल्लाका होटल तथा पर्यटन व्यवसायीले विदेशी पर्यटकलाई जिल्लामा स्वागतसमेत गर्न थालिसकेका छन् । रासस

सम्बन्धित सामग्री

लमजुङ र मनाङ पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

मनाङ र लमजुङलाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ । मंगलबार मनाङलाई गण्डकी प्रदेशकै पहिलो र बिहीबार लमजुङलाई दोस्रो जिल्लाको रुपमा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो । बिहीबार सदरमुकाम बेंसीशहरमा आयोजित एक कार्यक्रमका बीच लमजुङलाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिकामा समावेश भएका सबै खोप, सबै बालबालिकाले लगाएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना भएको मान्ने गरिन्छ । तोकिएको मापदण्डअनुसार यसवर्ष लमजुङका एक हजार

लमजुङ र मनाङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

लमजुङ – मनाङ र लमजुङलाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ । मंगलबार मनाङलाई गण्डकी प्रदेशकै पहिलो र बिहीबार लमजुङलाई दोस्रो जिल्लाको रुपमा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो । बिहीबार सदरमुकाम बेसीसहरमा आयोजित एक कार्यक्रमकाबीच लमजुङलाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिकामा समावेश भएका सबै खोप, सबै […]

मनाङ पूर्ण खोप सुनिश्चितता घोषणा

काठमाडौँ,२९ असार । मनाङलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको छ । जिल्लाका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि मनाङलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो । जिल्लाका १६ महिनादेखि २३ महिनासम्मका ७२० बालबालिकालाई सबै खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिए । तोकिएको उमेर […]

मनाङ पूर्ण खोप सुनिश्चितता घोषणा

मनाङ– मनाङलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको छ । जिल्लाका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि मनाङलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो । जिल्लाका १६ महिनादेखि २३ महिनासम्मका ७२० बालबालिकालाई सबै खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिए । तोकिएको उमेर समूहका बालबालिकाले […]

खोप कार्डविना मनाङ प्रवेशमा रोक

मनाङ । कोभिड–१९ को तेस्रो भेरियन्ट (ओमिक्रोन) भाइरस फैलिरहेको अवस्था छ । कोभिडको सङ्क्रमण बढेसँगै हिमाली जिल्ला मनाङ प्रवेशका लागि कोभिडविरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ । पर्यटक तथा सर्वसाधारणलाई मनाङ प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार विना खोप कार्ड चालकलाई पनि सवारी सञ्चालनमा रोक […]

खोप कार्डबिना मनाङ प्रवेशमा रोक

मनाङ – कोभिड–१९ को तेस्रो भेरियन्ट (ओमिक्रोन) भाइरस फैलिरहेको अवस्था छ। कोभिडको संक्रमण बढेसँगै हिमाली जिल्ला मनाङ प्रवेशका लागि कोभिडविरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ। पर्यटक तथा सर्वसाधारणलाई मनाङ प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार बिना खोप कार्ड चालकलाई पनि सवारी सञ्चालनमा रोक लगाइएको छ। कोरोनाका […]

मनाङ प्रवेशका लागि कोभिड विरुद्धको खोप कार्ड अनिवार्य

कोभिड–१९ को तेस्रो भेरियन्ट (ओमिक्रोन) भाइरस फैलिरहेको अवस्था छ । कोभिडको संक्रमण बढेसँगै हिमाली जिल्ला मनाङ प्रवेशका लागि कोभिड विरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ । पर्यटक तथा सर्वसाधारणलाई मनाङ प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार विना खोप कार्ड चालकलाई पनि सवारी सञ्चालनमा रोक लगाइएको छ ।कोरोनाका सक्रिय संक्रमित शून्य रहेको मनाङमा संक्रमणबाट बच्न जिल्ला बाहिरबाट आउने व्यक्तिलाई मास्क र खोप कार्ड अन

मनाङ र मुस्ताङका सबै नागरिकले कसरी पाए कोरोना खोप ?

२० साउन, काठमाडौं । हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङका १८ वर्षमाथिका सबै नागरिकले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । भौगोलिक विकटता, मौसमको प्रतिकुल अवस्था, बाढी, पहिरो जस्तो प्राकृतिक विपत्तिसँग जुधेर त्यहाँका स्वास्थ्यकर्मीले लक्षित समूहका सबैलाई खोप लगाएका हुन् । बाढी र पहिरोका कारण मनाङ सदरमुकाम चामे झण्डै डेढ महिनादेखि सडक सञ्जाल र […]

मनाङ र मुस्ताङका १८ वर्ष माथिका सबै नागरिकलाई खोप

हिमाली जिल्ला मनाङ र मुस्ताङले १८ वर्ष उमेर माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाएका छन् । कोभिशिल्डको दोश्रो डोजको खोप थोरै संख्याका नागरिकलाई मात्र लगाउन बाँकी रहेको जिल्लास्थित स्वास्थ्य कार्यालयले बताएका छन् ।...

मनाङ बन्यो सबै नागरिकले खोप पाउने पहिलो जिल्ला

१९ साउन, काठमाडौं । १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ । स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार चार हजार १९८ जना नागरिकले कोरोना खोप लगाएका छन् । जसमध्ये चार हजार ३३ जनाले पूर्ण खोप लगाएका छन् । कोभिशिल्डको दोस्रो खोप लगाउन १६५ जना मात्रै बाँकी रहेको […]