काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बुधबार बिहान देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागिरहेकाे हाे । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे । त्यस्तै, बुधबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा […]
२३ र २४ भदौको जेन-जी आन्दोलन मानसिक वितृष्णाले जन्माएको आक्रोश थियो। परिणाम के भयो, हामी सबैलाई थाहा छ। नवयुवाको हत्या, विध्वंस, सरकार उलटफेर। र, अहिले २१ फागुनमा हुने आमनिर्वाचनको चहलपहल। तर, नवयुवामा जुन आक्रोश, निराशा र अवसादका कारण यो सबै भयो, यसको मनोसामाजिक समाधान खोज्ने प्रयत्न भने भएको देखिन्न। यसको प्रमाण हो– दलहरूको घोषणापत्र। दलका […]
बैतडी । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए। उनका अनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएको झुलाघाट नाका फागुन १८ गते राति १२ः०० बजेदेखि […]